मोरङ : मोरङको लेटाङ नगरपालिका ५ खेरुवा स्थितमा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ ।
लेटाङबाट जाँतेतर्फ जादै गरेको को १८ प ६२८२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल पछाडि सवार लेटाङ नगरपालिका ५ का १८ वर्षीय जेनिस राईको उपचारको क्रममा न्यूरो अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।
दुर्घटनाबाट घाइते भएका मोटसाइकल चालक विजय मगरको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय लेटाङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post