मोरङ : मोरङको कटहरीमा आगोले जलेर घाइते भएकी वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।
कटहरी गाउँपालिका २ आदर्श टोलकी ६० वर्षीया फूलमाया रायको मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिएको छ ।
घरअगाडि आँगनमा आगो बालेर ताप्ने क्रममा शरीरमा आगो सल्किएर गत पुस १५ गते राय घाइते भएकी थिइन् ।
कपडाबाट शरीरमा आगो सल्किएर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विरानगरको कोसी अस्पताल भर्ना गरिएको थियो ।
उपचारकै क्रममा बुधबार रायको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post