मोरङ : मोरङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
रतुवामाई नगरपालिका–७ मा कादुपाडाबाट सिजुवातर्फ जाँदै गरेको प्रदेश १–०१–५० प ८५२२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बिहीबार बिहान ५ः४० बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई ७ का अन्दाजी २८ वर्षीय कनैया साहको मृत्यु भएको छ । मोटरसाइकल नालीमा पल्टिएर उनी गम्भीर घाइते भएका थिए ।
घटनास्थलबाट उद्धार गरेर उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post