Friday, October 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सोलुखुम्बुको तापक्रम वृद्धि हुँदै, फागुन लाग्दा पनि सल्लेरीमा हिउँ परेन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २, २०८०
in समाचार
0
सोलुखुम्बुको तापक्रम वृद्धि हुँदै, फागुन लाग्दा पनि सल्लेरीमा हिउँ परेन
75
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बुः सोलुखुम्बु सल्लेरीका शङ्खरबहादुर गुरुङले भने, ‘फागुन लाग्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो न त पानी नै ? के अचम्म हो यो, होइन के हुनलाई यस्तो भएको हो ?’

उमेरले ७२ वर्ष पार गरिसकेका उनी मौसममा यस प्रकारको फेरबदल पहिलोपटक अनुभव गरेको बताउँछन् ।

उनले भने, ‘हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन, यहाँको सबैभन्दा सुन्दर चिज भनेकै सेताम्मे डाँडापाखा र हिमाल हो, खै अब त सबै उराठलाग्दो भएको छ, यहीँ सल्लेरी पनि अब त मरुभूमिजस्तो हुन लागिसक्यो ।’ हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष हिमपात हुनसकेको छैन ।

सधैँ मङ्सिरको सुरुआतसँगै हिमपात हुने जिल्लामा यस वर्ष फागुन लागिसक्दा समेत वर्षात् तथा हिमपातको सम्भावना देखिँदैन ।

मौसम खुल्दै गएको छ भने तापक्रमसमेत वृद्धि हुँदै गएको हावापानी मापन केन्द्र सल्लेरीले जनाएको छ । कार्यालयका कर्मचारी नवराज पराजुलीका अनुसार सल्लेरीको तापक्रम अहिले सात डिग्री सेल्सियससम्म पुग्न थालेको छ ।

पछिल्लो पाँच दिनदेखि यहाँको तापक्रम क्रमशः उकालो लाग्न थालेको उनले बताए । यस वर्षको हिउँदमा सोलुखुम्बुमा बितेका वर्षहरूमा झै चिसोको महसुस नभएको स्थानीय बताउँछन् ।

करिब चार वर्ष अघिसम्म पुस-माघमा अधिक चिसो हुने गरेकामा यस वर्षको त्यति धेरै चिसो नभएको गार्माका ल्हाक्पा शेर्पाको अनुभव छ ।

उनले भने, ‘मलाई थाहा हुँदासम्म पनि पुस(माघमा पूरै हिउँ पर्ने भएकाले असाध्यै चिसो हुन्थ्यो, हिउँ पग्लिन तीन(चार दिन समय लाग्थ्यो तर अहिले त्यस्तो छैन, चिसो भए पनि खासै पहिलाको जस्तो धेरै चिसो आभास नै भएन यो वर्ष ।’

हिमपात नहुँदा सल्लेरीबाट देखिने डाँडा तथा हिमाल मरुभूमिजस्ता हुँदै गएका छन् भने मौसमले समेत तराईको झल्को दिन लागेको तामाखानीका शान्तमाया घिमिरेले बताए ।

हिमपात र वर्षात्को प्रतिक्षामा रहेका यहाँका किसान निराश बन्दै गएका छन् । मङ्सिर(पुसमा हिमपात नभए पनि माघमा पक्कै हिमपात तथा वर्षात् हुन्छ भन्ने आशामा बसेका जिल्लाका किसान फागुन लाग्दासमेत हिमपातको सम्भावना नदेखिँदा उनीहरूमा निराशा छाएको हो ।

फागुन लागेपछि मौसम तातिन थालेकाले अब हिउँ र पानी पर्ने आश मर्दै गएको बेनीका डम्बरबहादुर विश्वकर्माले बताए ।

हिमपात नहुँदा गहुँबाली बारीमै सुकेर सोतर भएको छ । उनले भने, ‘बारीको बालीनाली सुकेर सोतर भयो, पानी लगाउनलाई पनि पानीका मुहान सुकेर छैन, एक ठाउँमा मात्रै भए पो पानी लगाएर हुन्थ्यो सबैको त्यस्तै छ, खेती लगाउनेलाई यसवर्र्ष याम परेन, बीउ जोगाउनै मुस्किल पर्ने भो ।’ खडेरीका कारण यहाँका किसानमा भोकमरीको चिन्ताले सताउन थालेको छ ।

लेकाली भोगमा लगाउने गहुँ, आलु, जौँ, उवाजस्ता बाली यस वर्ष सङ्कटमा परेको किसान बताउँछन् । साथै जिल्लाको पश्चिमी भेगमा उत्पादन हुने अलौँचीसमेत खडेरीको चपेटामा परेको लिखुपिकेका किसान लिखुपिके गाउँपालिका(४ का प्रेमकुमार बस्नेतको भनाइ छ ।

अलैँचीको बोटलाई ओसिलो ठाउँ आवश्यक पर्ने भए पनि खडेरीले रुखका छहारीसमेत सुक्खा हुँदा अलैँची मर्न थालेको उनी चिन्ता व्यक्त गर्छन् ।

जिल्लाको लिखुपिके, सोताङ, महाकुलुङ, माप्यदूधकोशी र नेचासल्यान क्षेत्रमा अलैँचीखेती हुँदै आएको छ । गत वर्ष जिल्लामा एक सय ५८ हेक्टर क्षेत्रफल जमिनमा अलैँचीखेती भएको थियो । यस वर्ष पनि सोही हेक्टर जमिनमा अलैँचीखेती गरिएको छ ।

पर्यटन व्यवसायी चिन्तित

जिल्लाको खुम्बुक्षेत्र जहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित छ । सो क्षेत्रमा पनि यस वर्ष हिमपात हुनसकेको छैन । खुम्बुको माथिल्लो भेगमा माघमध्यतिर हल्का हिमपात भए पनि त्यो पर्याप्त नभएको नाम्चेका लामाकाजी शेर्पाले बताए ।

‘यो वर्ष हिउँ परेकै छैन भन्दा पनि हुन्छ, अस्ति माघ दोस्रो सातातिर होला माथिल्लो क्षेत्रमा अलिअलि हिउँ पर्लाजस्तो भएको थियो, हल्का परेको पनि एकैछिनमा बिलाएर गइहाल्यो, अहिले त पूरै सुक्खा छ’, उनले भने । हिमपात नहुँदा खुम्बुक्षेत्र पर्यटनमा समेत असर गर्ने व्यवसायीको चिन्ता छ ।

हिउँले पूरै ढाकिनुपर्ने हिमाल तथा डाँडापाखा सुक्खा हुँदा पर्यटकीय क्षेत्रको सौन्दर्यता गुम्दै गएको लुक्लाका दामु शेर्पाले बताए ।

खुम्बुक्षेत्रमा हिउँ हेर्ने र भ्रमणका लागि नै विदेशी तथा स्वदेशी आउने भएकाले यो वर्ष खुम्बुमा पनि सुक्खा रहेको उनको भनाइ छ । शेर्पाले भने, ‘लुक्लाबाट देखिने डाँडा तथा हिमालमा हिउँ सकिँदै गएको छ, सबै सुक्खा छ, सगरमाथा क्षेत्र त यस्तो छ, झन् अरु ठाउँको अवस्था के होला ? ’

वर्षात् र हिमपात नहुँदा मौसम सुक्खा हुँदै गएको छ भने वनजङ्गलमा आगलागीको जोखिम वृद्धि भएको छ । गत शनिबारमात्रै जिल्लाको माप्यदूधकोशी गाउँपालिका–५ काँकुस्थित खाम्दिङ मुलाबारी सामुदायिक वन र सोलुदूधकुण्ड नगरपालिका–७ च्याल्सास्थित मेन्दोपाके सामुदायिक वनमा डढेलो लाग्यो ।

कारण पत्ता लाग्न नसकेको उक्त डढेलोबाट हजारौँ बोटबिरुवा जलेर नष्ट भएको डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत रामजी शाहले बताए ।डढेलोले वनक्षेत्रमा रहेका जीवजन्तुसमेत हताहत भएको हुनसक्ने स्थानीयको अनुमान छ ।

सुक्खा मौसम र पानीका मुहानसमेत सुक्दै गएकाले डढेलो नियन्त्रणमा सकस परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार मिश्रले बताए ।

प्रहरी र स्थानीयको दिनभरको प्रयासपछि साँझतिरमात्रै आगो नियन्त्रणमा लिइएको उनको भनाइ छ । मौसममा देखिएको फेरबदलले सामुदायिक वन क्षेत्र डढेलोको जोखिममा परेको सामुदायिक वन महासङ्घका केन्द्रीय सदस्य पेम्बा शेर्पाले बताए ।

सुक्खाग्रस्त हुँदै गएकाले यस्तो बेला आगोजन्य स्रोतहरूको ख्याल गर्न सकिएन भने डढेलोको जोखिम उच्च हुने उनको भनाइ छ ।

उनले भने, ‘यो समयमा फोहर जलाउँदा तथा आगो बाल्दा एकदमै ध्यान दिन सकिएन भने ठूलो जनधनको क्षति हुने सम्भावना हुन्छ, वनमा फैलिएको आगो नियन्त्रणमा लिनलाई पानीका मुहान सबै सुक्दै गएको छ, अनि माटोले निभाउन माटोसमेत चिसो छैन सबै सुक्खा हुँदै गएको छ, त्यसैले वन क्षेत्र जोखिममा देख्छु ।’

जिल्लाको कुल भू भागको एक लाख पाँच हजार तीन सय ३० हेक्टर क्षेत्रफलमा सामुदायिक वनक्षेत्र फैलिएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । जिल्लामा एक सय ७२  सामुदायिक वन छन् ।

वनमा लाग्ने डढेलोले बोटबिरुवामात्रै नभई त्यहाँ रहेका जीवजन्तु, मानवबस्तीदेखि पर्यवरणमा समेत गम्भीर असर पुर्याउने वातावरणविज्ञ राजन थापाले बताए । पानी नपरेको समयमा डढेलो लाग्दा त्यहाँबाट निस्कने धुँवाले अझ ठूलो असर गर्ने उनको भनाइ छ ।

Tags: #रासससोलुखुम्बुहिउँ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज
विविध

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

by रासस
अशोज २९, २०८३
0

भोजपुर : भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ...

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी
समाचार

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

by माधव पोख्रेल
अशोज २९, २०८३
0

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरमा चिकित्सक नभेटिएपछि उपचारका लागि आएका चार दर्जनभन्दा बढी बिरामी उपचारबिनै घर फर्कन बाध्य...

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

यस्तो छ कोशी मन्त्रिपरिषद्का निर्णय

अशोज २९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३
धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.