इटहरी : नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेलको मूल्य फेरि बढाएको छ ।
निगम सञ्चालक समितिको बिहीबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।
डिजेल मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । भारतीय आयल कर्पोरेसनबाट प्रतिलिटर १.५६ रुपैयाँले मूल्य बढेर आएपनि निमगले प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको हो ।
निगमले दुई साताअघि पनि पेट्रोलियम पदार्थको मूल्य वृद्वि गरेको थियो ।














Discussion about this post