Thursday, April 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सेवा प्रवाहमा सुधार गर्दै इटहरी उपमहानगर, कर्मचारीको निगरानीका लागि सीसी क्यामेरा, नागरिकका लागि सहायता कक्ष

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ६, २०८०
in समाचार
0
सेवा प्रवाहमा सुधार गर्दै इटहरी उपमहानगर, कर्मचारीको निगरानीका लागि सीसी क्यामेरा, नागरिकका लागि सहायता कक्ष
140
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाले पालिकाबाट प्रदान गर्ने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन नीतिगत सुधारको काम थालेको छ ।

उपमहानगर र सबै वडाबाट प्रवाह गर्ने सेवा सहज होस् भन्ने उदेश्यल नीतिगत सुधार थालेको हो । यसका लागि उपमहानगरको संरचनामा समेत परिवर्तन भएको छ । सेवाग्राहीलाई कुनै झन्झट बिना छिटो र सहज ढंगबाट सेवा प्रदान गर्न काम थालेको उपमहानगरपालिकाले जनाएको छ ।

इटहरी उपमहानगरपालिकामा अहिले १० वटा महाशाखा र ४० वटा शाखा रहेका छन् । यस्तै, २० वटा वडा कार्यालय र १५ वटा आधारभूत स्वास्थ्य केन्द्र छन् ।

उपमहानगरले नीतिगत सेवा प्रवाहलाई सहज बनाउन नीतिगत सुधार थालेसँगै सबै महाशाखा, शाखा र वडा कार्यालय समयमा कर्मचारी भेटिन थालेका छन् । उनीहरूले अलमल विना कार्य सम्पादन गर्न थालेको सेवाग्राहीले बताएका छन् ।

इटहरी उप महानगरपालिकामा राजश्व शाखा, घर नक्सा शाखामा सेवाग्राहीको भीड हुने गरेको थियो । अहिले ती शाखामा लाइन बिना नै पालो सिस्टममा बसेर सेवाग्राहीले सेवा पाएको बताएका छन् ।

इटहरी उपमहानगरले अहिले अनलाइन प्रणालीबाट घर नक्सा बनाउने काम सुरु गरेको छ । यो सेवा सुरु भएसँगै कोठा कोठा चहारेर नक्सा पास गर्नुपर्ने झन्झट हटेको सेवाग्राही अनिष राईले बताए ।

उपमहानगरले चालू आर्थिक वर्षदेखि १ हजार स्क्वायर फिट भन्दा कम क्षेत्रफल भएको घरको नक्सा समेत निःशुल्क बनाउन थालेको छ । इञ्जिनियर राखेर निःशुल्क नक्सा पास गराउन थालेपछि सेवाग्राहीलाई सहज भएको राईले बताए ।

‘एकै ठाउँबाट काम हुन थालेछ’ उनले भने, ‘घर नक्सा पास गर्न पहिले जस्तो फाइल बोकेर हिँड्न पर्ने बाध्यता हटेछ ।’

इटहरी ९ बिपी चौक घर भएका सेवाग्राही प्रभात थापाले अहिले सेवा लिन सहज रहेको बताए । उपमहानगर परिसरमा भेटिएका थापाले भने, ‘सम्बन्धित कामका लागि आवश्यक कागजपत्र साथमा छ भने छिटै काम सम्पन्न हुने रहेछ ।’

राजश्व शाखा बाट कर तिरेर फर्कँदै गरेका इटहरी ४ का सेवाग्राही दीपक सुवेदीले धेरै बेर पर्खनु नपरेको बताए । ‘पहिले पहिले धेरै समय लाइनमा बसेर कुर्नुपथ्यो, तर आज धेरै बेर लागेन छिट्टै कर तिरियो । सजिलै भयो । ’ उनले भने ।

उपमहानगर र २० वटै वडा कार्यलय बीच अन्तर समन्वयलाई प्रभावकारी बनाईएको छ । सबै वडाबाट प्रदान गरिने सेवामा पनि सुधार आएको वडा अध्यक्षहरुले बताएका छन् ।

वडाबाट प्रदान गरिने सेवाप्रवाहलाई चुस्त दुरुस्त बनाउन सबै जनप्रतिनिधि र कर्मचारी लागिपरेको इटहरी ९ का वडाअध्यक्ष जितेन्द्र थापाले बताए ।

वडाबाट नहुने कतिपय कामलाई उपमहानगरका शाखा तथा महाशाखामा समन्वय गर्दै सेवाग्राहीलाई सेवा दिने गरेको अध्यक्ष थापाले बताए ।

कर्मचारीलाई इ हाजिरी, अनिवार्य पोसाक

प्रशासन सुधार अन्तर्गत कर्मचारीको अनिवार्य पोसाक, इ हाजिरी, कार्यालय समयको व्यवस्थापन, सिसिक्यामराको मोनिटरिङ, नागरिक सहायता कक्ष जस्ता आधारभूत पक्षमा सुधार गरिएको उपमहानगरले जनाएको छ ।

कर्मचारी व्यवस्थापनमा कडाइ गरेसँगै अहिले शतप्रतिशत कर्मचारीहरू कार्यालय पोसाकमा आउने गरेका छन् । बिहान १० ः१५ भित्रमा इ हाजिरी नगर्ने कर्मचारी गयल हुन्छन् ।

जुनसुकै तहका कर्मचारीले १०:१५ भित्र कार्यालय प्रवेश गरी, इ हाजिरी मेसिनमा थम्पीङ गरिसक्नुपर्छ । बेलुका ५ बजे पुनः थम्पीङ गर्नुपर्छ । कार्यालय समयमा उपस्थित नहुने, पोसाक नलगाउने, विना जानकारी बिदा बस्ने,सेवाग्राहीको काम नगरी अल्झाउने, फिल्डमा छु भन्ने तर फिल्ड रिपोर्ट नबुझाउने कर्मचारीलाई स्पष्टीकरण सोध्ने गरिएको छ ।

आर्थिक वर्ष २०७९। ०८० मा करिब दुई सय बढी स्पष्टीकरण सोधिएको प्रशासन महाशाखाका प्रमुख संजिव कुमार खड्काले जानकारी दिए । यस्तो स्पष्टीकरण तल्लो तह देखी माथिल्लो तह सम्मका कर्मचारीलाई सोधिएको थियो ।

स्पष्टीकरण सोधेर मौका दिँदा पनि नसुध्रिएका ५ जना कर्मचारीको करार सम्झौता रद्द गरी निष्कासन गरिएको उपमहानगरले जानकारी दिएको छ ।

तर चालु आर्थिक वर्ष २०८०।०८१को साउन महिना देखी माघ महिना सम्म ४,५ वटा मात्रै स्पष्टीकरण सोध्नु परेको खड्काले बताए ।

उपमहानगरले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने नीति पनि लिएको छ । केही दिन अघि कार्य सम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट कर्मचारी घोषित गर्दै कार्यालय सहयोगी केशव कुमार कार्कीलाई नगद १ लाख रुपैयाँ सहित प्रमाण पत्र प्रदान गर्दै पुरस्कृत गरेको छ ।

यसले कर्मचारीमा थप सृजनशील भएर काम गर्ने उत्साह थपिने उपमहानगरले जनाएको छ ।

सेवाग्राहीको निवेदन लेखिदिने, चिया कफी निःशुल्क

नागरिकलाई सहजढंगबाट सेवा दिन नागरिक सहायता कक्ष स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले जानकारी दिए । पुस महिनाबाट नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको मेहताले बताए । आफ्ना नागरिकहरूलाई नजिकबाट सेवा दिने व्यवस्था मिलाएको मेहताको भनाई छ ।

सेवा लिन आएका कुनै पनि नागरिक अलमलिनु नपर्ने गरी व्यवस्थापन मिलाइएको उनको दाबी छ ।

सेवाग्राहीको निवेदन लेखिदिने,नबुझेको कुरा बुझाइदिने, अशक्त भए फाइल सम्बन्धित शाखामा पु¥याएर काम गरिदिने गरेको नागरिक सहायता कक्षकी कर्मचारी आरती चौधरीले बताइन् ।

आएका निवेदनहरूको दर्ता चलानी गरिदिने तथा सेवाग्राहीहरूको कागजपत्रको निःशुल्क फोटोकपी पनि गरिदिने चौधरीले बताइन् ।
माघ महिनामा मात्रै एक सय ५० बढीको निवेदन लेखिदिने तथा अन्य सेवा लिएको चौधरीले बताइन् । सेवा लिएका सबैको रेकर्ड पनि राख्ने गरिएको छ । निःशुल्क भएकाले फोटोकपी गर्न धेरै सेवाग्राही आउने चौधरीले सुनाइन् ।

उपमहानगरले सहायता कक्षमा निःशुल्क चिया कफी खुवाउने गरेको छ । सेवा लिन आएका सेवाग्राहीले निःशुल्क कालो चिया तथा कफी खान पाउँछन् । सेवाग्राही, कार्यालयका स्टाफ तथा कर्मचारी गरी दैनिक न्यूनतम २सय ५० देखी ३ सय सम्म चिया कफी खपत हुने गरेको कर्मचारीको भनाई छ ।

नागरिक सहायता कक्षमा स्तनपानको पनि छुट्टै व्यवस्था गरिएको छ । अपाङ्गता भएका सेवाग्राहीका लागि सहायता कक्षका कर्मचारीले नै फाइल सम्बन्धित शाखामा पु¥याइदिने काम गर्छन् । यसबाट अपाङ्गता भएकाहरूले सहज महसुस गरेका छन् ।

सुशासन अभ्यासमा डिजिटल मोनिटरिङ

इटहरी उपमहानगरपालिकाले सिसिटिभी मोनिटरिङ गर्न डिजिटल कक्ष स्थापना गरेको छ । नागरिक सहायता कक्ष भित्र छुट्टै डिजिटल कक्ष रहेको छ ।

उपमहानगरपालिका अन्तर्गत रहेका ९२ कार्यालयमा जोडिएका सिसिक्यामराको लिङ्क यो डिजिटल कक्षमा जोडिनेछ । यहीबाट सबै कार्यालयको निरीक्षण तथा अनुगमन गर्न सकिनेछ ।

२० वटा वडा कार्यालय,१० वटा महाशाखा, ४० शाखा,१५ आधारभूत स्वास्थ्य केन्द्र,४ स्वास्थ्य चौकी,२ वटा आयुर्वेद अस्पताल र इटहरी अस्पतालमा सिसिक्यामरा जडानको काम भइरहेको प्रशासन प्रमुख संजिव कुमार खड्काले जानकारी दिए । यी कार्यालयमा काम गर्ने ५ सय ९७ जना कर्मचारीहरू अव डिजिटल मोनिटरिङ हुनेछन् ।

केही ठाउँमा जडान भएको छ भने केही ठाउँमा जडान हुन बाँकी रहेको प्रशासन प्रमुख खड्काले बताए । अहिले इटहरी अस्पताल, जनता स्कुलको खेलमैदान,बसपार्क लगायत अन्य केही सार्वजनिक स्थलहरूमा जोडिएका सिसिक्यामराको लिङ्क डिजिटल कक्षमा जोडिएको छ ।

सबै ठाउँका सिसिक्यामराको लिङ्क डिजिटल कक्षमा जोडिएपछि कार्यालयमा बसी बसी अनुगमन तथा निरीक्षण गर्न सकिने उपमहानगरले जनाएको छ ।

डिजिटल प्रविधिको प्रयोगले सेवा प्रवाहको गुणस्तरका थप सुधार हुने तथा सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास लिएको प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले बताए ।

 

  • ADVT
Tags: #इटहरी उपमहानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका चार जिल्लाबाट लागूऔषध ब्राउनसुगरसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको  छ । झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागूऔषध...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
FEATURE BREAKING

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न क्याम्पसहरूमा विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर तथा पर्चा–पम्प्लेट हटाउन प्रहरीले अभियान थालेको छ। शैक्षिक संस्थालाई...

पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३
संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

बैशाख १०, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

बैशाख १०, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

बैशाख १०, २०८३
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1368 shares
    Share 547 Tweet 342
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    512 shares
    Share 205 Tweet 128
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.