मोरङ : मोरङको बूढीगंगा गाउँपालिका ४ प्रगती टोलमा लहरी गाडी पल्टिएर दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीनजनाको मृत्यु भएको छ ।
आर जे २९ जीबी १५६१ भारतीय नम्बर प्लेटको लहरी गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बूढीगंगा गाउँपालिका ४ का ६० वर्षीया ज्योती अधिकारीकी ४ वर्षीय छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको हो ।
ज्योतीका छोरा र छोरी जुम्ल्याहा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आज (शुक्रबार) बिहान ७ बजे कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी दुर्घटना भएको थियो । उक्त लहरी ज्योतीको घरमा पल्टिएको प्रहरीले जनाएको छ ।
पल्टिएको लहरीले थिचेर तीन जना बालाबलिकाको घटनास्थलमा मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवत्ता डीएसपी रञ्जन कुमार दाहालका अनुसार अहिले घटनास्थलबाट ढुङ्गा पन्छाएर क्रेनको सहयोगमा शव निकाल्ने प्रयास भइरहेको छ ।













Discussion about this post