उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ८ दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शुक्रबार (आज) बिहान साढे १० बजे नेपालटारबाट सदरमुकामतर्फ आउँदै गरेको प्रदेश १–०५–०१ क ००३५ नम्बरको ट्रकमा सोही दिशातर्फ आउँदै गरेको को २८ प ७०८६ मोटरसाइकल ठक्कर हुँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक उदयुरगढी ६ का ३४ वर्षीय रत्नकुमार तामाङ र पछाडि सवार उनकै ३३ वर्षीया श्रीमती उर्मिला तामाङ घाइते भएका थिए ।
उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल गाइघाट लगिएपनि उपचारको क्रममा रत्नकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रक चालक ४० वर्षीय विनोदकुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।











Discussion about this post