झापा : झापाको झापा गाउँपालिका ४ भानटोली स्थितमा आगलागी हुँदा आगोले जलेर एक बालकको मृत्यु भएको छ ।
शुक्रबार परालको कुन्युमा अचानक आगलागी हुँदा सोही स्थानका साढे ४ वर्षीय अतिप हुसेनको जलेर घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post