मोरङ : मोरङको पथरीशनिश्चरेमा तीव्र गतिको कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
पूर्व–लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका २ जय चोकमा प्रदेश १–०१–००१ च ७९६४ नम्बरको कारले शनिबार राति ९ बजेतिर पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठकाअनुसार दुर्घटनामा पथरीशनिश्चरे १० का ४३ वर्षीय सन्तोष लिम्बूको मृत्यु भएको हो ।
उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको कारले पैदल हिँडिरहेका बेला लिम्बूलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीको भनाइ छ ।
कार र चालक झापाको दमक नगरपालिका ५ का ४२ वर्षीय घनश्याम रिजाललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।













Discussion about this post