इटहरी : झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरूबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरको अवैध सामानहरू प्रहरीले बरामद गरेको छ ।
सिमावर्ती क्षेत्रहरूमा खटिएको प्रहरीको गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउँदै गरेको विभिन्न प्रकारको रेडिमेट कपडा, कुर्ता सुरुवाल, सुर्ती, खाद्यान्न तथा कस्मेटिक्स लगायतका सामानहरू बरामद गरेको हो ।
बरामद गरिएका करिब एक लाख ७० हजार रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीको लागि सम्बन्धित भन्सार कार्यालयहरूमा बुझाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post