उदयपुर : उदयपुरको कटारीमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
ना ज ८३३३ नंको जीप दुर्घटनामा परेर कटारी न८ थलियाका ७० वर्षीय वीरबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको थियो।
यसैगरी कटारी–७ मर्जेतपुरकै अन्दाजी ३० वर्षीय लालकुमारी तामाङको विराटनगरस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख, प्रहरी नायब उपरीक्षक सुवास राईले जानकारी दिए ।
शुक्रबार साँझ कटारी बजारबाट थलियातर्फ गइरहेको जिप कटारी–७ मर्जेतपुरमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर १३ जना घाइते भएका थिए। घाइतेमध्ये अहिले आठजनाको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अन्य भने सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।
जीप चालक कटारी ८ का ३३ वर्षीय थर्मसिंह तामाङलाई प्रहरीको नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।











Discussion about this post