झापा : विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ झापा गोल्डकपमा झापा–११ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको क्वाटरफाइनल खेलमा एन्फा मकवानपुरलाई ५–१ गोल अन्तरले हराउँदैै झापा–११ सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेल प्रारम्भ भएको २४ औँ मिनेटमा आदित्य शाक्यले पहिलो गोल गरेर झापालाई अग्रता दिलाए भने खेलको ६६ औँ मिनेटमा अर्को गोल थपियो ।
खेलको ८३ औँ मिनेटमा झापाका प्रदीप बुढाथोकीले तेस्रो गोल गरे ।
यस्तै खेलको अतिरिक्त समयमा झापाका लागि बबिन बोहोराले गोल गरेका थिए । अतिरिक्त समयमा नै झापाका लागि आशिष चापागाईंले गोल गरेका हुन् ।
झापाका लागि शाक्य, विदेशी खेलाडी हेरिसन, बुढाथोकी, बोहोरा र चापागाईंले एक–एक गोल गरेका हुन् ।
खेलमा मकवानपुरले सान्त्वना एक गोल फर्कायो । खेलको ७९ औँ मिनेटमा मकवानपुरका ओस्कारले गोल गरे ।
आजको खेलमा समिराज थोकर म्यान अफ द म्याच भए । उनले नगद रु ११ हजार प्राप्त गरेका छन् ।












Discussion about this post