उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ७ होक्सेमा सवारी दुर्घटनाबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मदन भण्डारी स्मृति लोकमार्गको पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र–०१–०१६–प–४७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स १ ख ८१६ नम्बरको यात्रुबाहक बस ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा इलामको सूर्योदय नगरपालिका ११ का २३ वर्षीय प्रदित राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटनालगत्तै प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।











Discussion about this post