उदयपुर : उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा बिहीबार (आज) भएको बोलेरो दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।
को १ ज २५९३ नम्बरको बोलेरो बिहान ११ बजे भीरबाट खस्दा चालकसहित सात जनाको मृत्यु भएको हो ।
मृतकमध्ये चालक भोजपुर हतुवागढी २ का मानबहादुर बस्नेतको सनाखत भएको र बाँकीको सनाखत हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापाका अनुसार दुई जनाको शव भेटिसकेको र अन्य पाँच जनाको शव भीरमा गाडीले च्यापिएको अवस्थामा भेटिएकाले डोरी लगाएर निकाल्ने काम भइरहेको छ ।
यो पनि – धरानबाट भोजपुर जाँदै गरेको बोलेरो दुर्घटना हुँदा छ जनाको मृत्यु














Discussion about this post