धरान : उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजले आफ्नो २२ औं शाखाका रूपमा शाखा सञ्चालनमा ल्याएको छ ।
धरानको पुतली लाइनमा रहेको शाखाको एक कार्यक्रमकाबीच नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवम् एक्सपर्ट एजुकेसनका ब्रान्ड एम्बेस्डर पारस खड्काले उद्घाटन गरेका छन् ।
उनले शैक्षिक परामर्श दिनका लागि एक्सपर्ट विश्वासिलो भएको बताए । एक्सपर्टको ट्र्याक रेकर्ड राम्रो रहेको बताउँदै विगत ७ वर्षदेखि आफू जोडिएर काम गर्न पाउँदा खुसी भएको उनको भनाइ छ ।
कार्यक्रममा धरान उपमहानगरपालिका उपमेयर आइन्द्र विक्रम बेघा, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, इ–क्यान पूर्वाञ्चलका अध्यक्ष रवीन्द्र निरौला, एक्सपर्टका कन्ट्री डाइरेक्टर खेम सङ्ग्रौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्टले विश्वका २० वटा देशमा र नेपालमा ६५ भन्दा बढी शाखा कार्यालयहरू सञ्चालनरत रहेको जनाएको छ ।
कोसी प्रदेशमा बिर्तामोड, दमक, विराटनगर, इटहरी र धरानमा गरी ५ वटा शाखाहरू सञ्चालनमा रहेको एक्सपर्ट इटहरीका सञ्चालक भव तिम्सिनाले बताए ।
सामाजिक कार्यहरूमा समेत उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको एक्सपर्टको दाबी छ ।














Discussion about this post