झापा : झापाको गौरीगञ्ज गाउँपालिका १ बिर्खेबस्तीमा आगोले जलेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय निलकन्ठ घिमिरे रहेका छन् । बुधबार (आज) बिहान तरकारी खेतीमा माथिबाट छोपेको परालमा अचानक आगलागी हुँदा घिमिरेको आगोले जलेर घटनास्थलमै मृत्यु भएको हो ।
कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोली खटिएर शव पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाइएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post