Friday, September 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मेची राजमार्ग स्तरवृद्धि गर्न सर्वेक्षण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १३, २०८०
in समाचार
0
80
SHARES
Share on FacebookShare on Twitter

ताप्लेजुङ : ताप्लेजुङस्थित मेची राजमार्गको स्तरवृद्धि गर्नेगरी सर्वेक्षण सुरु गरिएको छ । निकै साँघुरो रहेको सडकको चौडाइ १५ मिटर कायम हुने गरी राजमार्ग स्तरवृद्धि गर्न सर्वेक्षण सुरु गरिएको हो ।

मेची राजमार्गअन्तर्गत सदरमुकाम फुङ्लिङबजार सुकेटार खण्डमा स्तरवृद्धि गर्न सडकको सर्वेक्षण (नापजाँच) गरिएको छ । सडक डिभिजन इलामले राजमार्ग स्तरवृद्धि गर्ने योजनास्वरुप फुङ्लिङ–सुकेटार खण्डको सडक सर्वेक्षण गरेको हो ।

सडक डिभिजनका सर्वेक्षक दीपक आचार्यका अनुसार फुङ्लिङबजारको हेलिप्याडदेखि सुकेटारसम्म करिब १० किलोमिटर सडक सर्वेक्षण गरिएको छ ।

हेलिप्याड बजार प्रवेशद्वारदेखि गत बुधबार सुरु गरिएको सर्वेक्षणको काम सोमबार सम्पन्न भएको सर्वेक्षक आचार्यले जानकारी दिए ।

राजमार्ग स्तरवृद्धि गर्ने तत्कालका लागि बजेट नभए पनि सडक डिभिजनले योजना बनाएको उनले बताए।

सडक डिभिजनको योजनाअनुसार सर्वेक्षणको काम भएको र सर्वेक्षणको अन्तिम प्रतिवेदन तयार भएपछि राजमार्ग स्तरवृद्धि योजना तथा बजेटका लागि प्रक्रिया अघि बढ्ने उनले बताए । राजमार्ग स्तरवृद्धि तत्काल गराउने गरी फुङ्लिङ नगरपालिकाले पनि पहल गरिरहेको उनको भनाइ छ ।

राजमार्ग स्तरवृद्धि गर्ने योजनाअनुसार नै फुङ्लिङ बजारभित्र सडक मापदण्ड विपरीतका संरचना यसअघि नै भत्काइएका छन् । सडक डिभिजन कार्यालयले नगरपालिकाको सहयोगमा सडक क्षेत्राधिकारभित्र निर्माण गरिएका घर, टहरालगायत संरचना भत्काइएका हुन् ।

सडकको दायाँबायाँ १५–१५ गरेर ३० मिटर कायम हुने गरी सडक मापदण्डभित्र बनाइएका संरचना हटाइने सडक डिभिजन कार्यालयको योजना थियो ।

सडक डिभिजनको उक्त योजना भए पनि फुङ्लिङ नगरपालिकाको समन्वयमा तत्कालका लागि सडकको दायाँबायाँ साढे सात मिटरका दरले १५ मिटर कायम हुने गरी मापदण्डभित्र निर्माण भएका संरचना हटाइएका छन् ।

सडक फराकिलो बनाउने गरी संरचना हटाइएपछि चाँडै राजमार्ग स्तरवृद्धि तथा स्तरोन्नतिको काम थाल्नुपर्ने स्थानीयले आवाज उठाउँदै आएका छन् ।

Tags: #ताप्लेजुङ#रासससर्वेक्षण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

युवतीलाई अभद्र व्यवहार गर्ने दुई युवक पक्राउ
समाचार

युवतीलाई अभद्र व्यवहार गर्ने दुई युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८३
0

विराटनगर — सार्वजनिक स्थानमा युवतीहरूमाथि अभद्र व्यवहार गरेको आरोपमा मोरङ प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय...

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु
FEATURE BREAKING

सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८३
0

सङ्खुवासभा : सङ्खुवासभाको मकालु गाउँपालिकामा–१ वालुङ चिर्खाङमा गोली हानेर एक शिक्षकको हत्या गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ...

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भदौ १८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

युवतीलाई अभद्र व्यवहार गर्ने दुई युवक पक्राउ

युवतीलाई अभद्र व्यवहार गर्ने दुई युवक पक्राउ

भदौ १९, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

भदौ १९, २०८३
भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भदौ १८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.