इटहरी : १४ औँ संस्करणको इटहरी गोल्डकपको अन्तिम सेमीफाइनल खेलमा आज (बिहीबार) गत वर्षको उपबिजेता चर्च ब्वाईज युनाइटेड काठमाण्डौं र आयोजक राष्ट्रिय जागृति क्लबबिच प्रतिष्पर्धा हुँदैछ ।
खेल इटहरी रंगशालामा साँझ साढे ६ बजे हुने आयोजकले जनाएको छ ।
आयोजक राजा क्लब पाहुना टोली कञ्चनजंघा फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनल पगेको थियो । चर्च ब्वाइजले न्यूरोड टिम काठमाडौंलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो ।
यसअघि बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा आर्मी क्लब फाइनलमा पुगेको छ ।
साबिक विजेता सगरमाथा युथ क्लब मोरङलाई पेनाल्टी सुटआउटमा २–१ गोलको जीत हात पार्दै आर्मी उपाधी नजिक पुगेको हो ।
शनिबार हुने फाइनल खेलको विजेताले नगद १० लाख रुपैयाँ हात पार्नेछ । उपविजेताले ५ लाख रुपैयाँमा चित्त बुझाउनुपनेछ ।
यसैगरी सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिने छ । विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार पाउनेछन् ।














Discussion about this post