Sunday, July 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

आगलागी पीडित सन्थाल समुदायको स्थायी घर निर्माणका लागि पहल गर्दै कोसी प्रदेश सरकार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १५, २०८०
in समाचार
0
आगलागी पीडित सन्थाल समुदायको स्थायी घर निर्माणका लागि पहल गर्दै कोसी प्रदेश सरकार
86
SHARES
Share on FacebookShare on Twitter

 मोरङ : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रंगेलीस्थित सन्थाल बस्तीमा भएको आगलागी पीडित परिवारको बासस्थानलाई स्थायी समाधानका लागि पहल गरेको बताएका छन् ।

पीडित परिवारसँग प्रत्यक्ष भेट गरी बासस्थानका लागि स्थानीयबासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा स्थायी समाधान गरिने बताएका हुन् ।

गत चैत्र ३ गते सन्थाल समुदायको बसोबास रहेको सो ठाउँमा आगलागीबाट २३ वटा घर जलेर नष्ट भएको थियो । सन्थाल बस्ती सुकुम्वासी बस्ती हो ।

उनीहरूले दैनिक रूपमा गुजारा गरेर जीविकोपार्जन गर्दै आएका छन् । प्रत्यक्ष भेटका क्रममा मुख्यमन्त्री कार्कीले अब विपन्नले विपन्न मात्रै नभइ सम्पन्न बन्ने अभियानमा लाग्नुपर्ने बताए ।

उनले भने, ‘यो दुःखदायी अवस्था भएपनि यसलाई असारको हिलो सम्झनुहोस्, जहाँ केही मिहिनेत गरियो भने, मङ्सिरमा अन्न भित्राउन पाइन्छ ।’

मुख्यमन्त्री कार्कीले स्थानीय तहले सन्थाल समुदायलाई आफ्नै जग्गाको व्यवस्थाका लागि अग्रसरता लिनसमेत आग्रह गरे ।

‘प्रदेश सरकारले सुकुम्बासीले घर बनाउनका लागि लिएको जग्गाको ऋणको ब्याज मिनाहा गर्ने योजना ल्याएको छ । तपाईँ हामीले आँट गर्याैँ भने उहाँहरूलाई सम्पन्न बनाउन सकिन्छ ।’ उनले भने ।

कार्कीको नेतृत्वमा विराटनगर १२ मा सुकुम्बासीहरूले ऋण लिएर खरिद गरेको जग्गामा सम्पन्न बस्ती निर्माण अन्तिम चरणमा पुगेको छ । जहाँ ऋषिदेव समुदायका १४५ परिवारले आफैंले जग्गा किनेर त्यसको किस्ता आफ्नै श्रमबाट मासिक रूपमा तिरिरहेका छन् ।

सोही जग्गामा मुख्यमन्त्री कार्कीको नेतृत्वमा विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा घर निर्माण कार्य भएको हो ।

मुख्यमन्त्री कार्कीले भने, ‘यही मोडलबाट यहाँ पनि घर बनाउन सकिन्छ, अब विपन्न समुदाय विपन्न मात्रै भइरहने होइन, सम्पन्न बन्ने अभियानमा होमिनु पर्दछ । जसका लागि प्रदेश सरकारले मानवीय विकासमार्फत यसको सुरुवात गरिसकेको छ ।’

Tags: #आगलागीकेदार कार्कीकोसी प्रदेशपहलसन्थाल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानमा बजेटमाथि राजनीतिक खिचातानी, एजेन्डामै प्रवेश नगरी कार्यपालिका बैठक स्थगित
FEATURE BREAKING

धरानमा बजेटमाथि राजनीतिक खिचातानी, एजेन्डामै प्रवेश नगरी कार्यपालिका बैठक स्थगित

by टाकुरा न्यूज । इटहरी
साउन ३, २०८३
0

धरान : आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट पारित गर्ने अन्तिम तयारीमा रहेको धरान उपमहानगरपालिका राजनीतिक विवादको चपेटामा परेको छ।...

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा
समाचार

धरानमा ब्राउनसुगरसहित २२ वर्षीय युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन ३, २०८३
0

धरान : धरान उपमहानगरपालिका–७ पानमारा स्टेण्डबाट ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन्। लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी...

कोशी प्रदेशमा अनुदानको मल बिक्री गर्न निर्देशिका लागू गरिने

आवश्यकताको चौथाइ पनि पुगेन मल, झापाका किसान समस्यामा

साउन ३, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा बाढीको कहर : खोला तर्दा दुई जनाको ज्यान गयो

साउन ३, २०८३
कोशी ब्यारेजको पुलबाट हामफालेका पुरुषको उद्धार

सप्तकोसी नदीमा पानीको बहाव बढ्दो

साउन ३, २०८३

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

साउन २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा बजेटमाथि राजनीतिक खिचातानी, एजेन्डामै प्रवेश नगरी कार्यपालिका बैठक स्थगित

धरानमा बजेटमाथि राजनीतिक खिचातानी, एजेन्डामै प्रवेश नगरी कार्यपालिका बैठक स्थगित

साउन ३, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा ब्राउनसुगरसहित २२ वर्षीय युवक पक्राउ

साउन ३, २०८३
कोशी प्रदेशमा अनुदानको मल बिक्री गर्न निर्देशिका लागू गरिने

आवश्यकताको चौथाइ पनि पुगेन मल, झापाका किसान समस्यामा

साउन ३, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा बाढीको कहर : खोला तर्दा दुई जनाको ज्यान गयो

साउन ३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1093 shares
    Share 437 Tweet 273
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    767 shares
    Share 307 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.