Monday, August 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

एसियन हाइवे : ‘लुछिएका’ रूखहरूका चोट देख्दा दुख्छ हृदय

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २०, २०८०
in टाकुरा विशेष, समाचार
0
एसियन हाइवे : ‘लुछिएका’ रूखहरूका चोट देख्दा दुख्छ हृदय

मोरङको कानेपोखरी क्षेत्रमा काटिएको रूखको ठुटा ।

354
SHARES
Share on FacebookShare on Twitter

इटहरी : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको काकडभिट्टादेखि सुनसरीको लौकहीसम्म हाल चार लेन सडक निर्माण सुरु भएको छ ।

सडक निर्माणका लागि अहिले मोरङको विराटचौकदेखि कानेपोखरी क्षेत्रसहित पूर्वी भेगमा रूख कटान भइरहेको छ ।

७ चैतदेखि सुरु भएको रूख कटान अहिले धमाधम छ । रूख कटान भएपछि स्थानीयबासी दाउराका लागि भीडभित्र ‘लुछालुछ’ गरिरहेको दृश्यसमेत देख्न सकिन्छ ।

रूख कटानका कारण ती ठाउँहरू अहिले ‘बीभत्स’ देखिन्छन् ।

सडक स्तरोन्नति वा विकासका नाममा रूख मास्दा त्यस ठाउँकै सौन्दर्यता मात्रै होइन, मान्छेको हृदय नै दुख्ने विज्ञहरू सुनाउछन् ।
सडक विकास निर्माणका लगि रूख मास्न नपर्ने, तर त्यसलाई स्थानान्तरण गर्न सकिने विज्ञहरू बताउँछन् ।

वनस्पतिविद् तथा विशेषज्ञ डा. भरतराज सुब्बा भन्छन्, ‘सर्न सक्ने रुखहरूलाई लोकेसन ट्याली गरेर जरासहित उखालेर लैजाने प्रविधि छ । प्रायः लोप हुन लागेका बिरुवालाई मास्नु भनेको अत्यन्तै नरमाइलो कुरा हो ।’

वन, जंगल, पर्यावरण जोगाउनु सरकारको पोलिसी अन्तर्गत परेपनि सरकार सुतिरहेकोजस्तो देखिने उनको तर्क छ ।

‘एउटा रुखले बर्षौँदेखि समय खर्चिएर बढेको हुन्छ । हावा, पानीलाई बचाइरहेको हुन्छ । वनस्पति र चराचुरुङ्गीलाई ओत दिइरहेको हुन्छ, त्यो भर्खरै रोपिएको बिरुवाले दिन सक्दैन,’ उनले यसअघि भने, ‘यसबारे सरकारको चासोको विषय किन बन्दैन ? चिन्ता नै गर्दैनन् जस्तो लाग्छ ।’

उखेलेर अर्को ठाउँमा सार्न सकिने रूख, बिरुवाहरू मास्न नहुने उनले सुनाए । बर्खायाममा बाढीका कारण भौतिक तथा मानवीय क्षति भइरहने क्रम बढिरहँदा खोला, नदी आसपास र खाली रहेका ठाउँहरूमा रूख, बिरुवा सार्नुपर्ने उनको भनाइ छ ।

अहिले रूख काट्नुपूर्व आजभन्दा २० वर्षअघि नै अरु बिरुवा रोप्नुपर्ने बताउँदै उनले टाकुरा न्यूजसँग भने, ‘५० वर्षका रूखले प्रकृतिलाई वातावरण बचाएको थियो, अब रोपेका रूखले त्यो बचाउन सम्भव नै छैन । यसमा नेपाल सरकार धेरै पछाडि छ । यो नरमाइलो कुरा हो ।’

सरकारले वन संरक्षण विभिन्न तरिकाले गरिरहेकोजस्तो मात्रै देखिने डा. सुब्बा बताउँछन् । वन संरक्षण गरेजस्तो मात्रै गरेपनि त्यहाँभित्र ‘हालीमुहाली’ चैँ कसैले नियन्त्रण गरेको नदेखिने उनको तर्क छ ।

‘घाँस काट्नेहरूले पनि कुन काट्ने, कुन नकाट्ने थाहा पाउँदैनन् । बिरुवा हुर्किरहेको पनि उनीहरूलाई मतलब हुँदैन,’ सुब्बा भन्छन्, ‘दाउरा पनि सुकेको रूख काट्नु मात्रै होइन । कुनैकुनै सुकेको रूख काट्नु भनेको जीवित रूख भन्दा महत्वपूर्ण हुन्छ । वनले नबुझीकन काम गरिरहेको छ, अध्ययन नै छैन ।’

वन जंगल जोगाउन सरकारले विज्ञ टोली बनाएर अध्ययन गर्नुपर्ने उनले सुझाए ।

सौन्दर्यविज्ञ विक्रमश्री भन्छन्, ‘ठूलो साइजका रूखहरू काटेपनि साना साइजका रूखहरू साह्रै सजिलोगरी सार्न सकिन्छ । अहिले केही दिनदेखि जमिन तातेका कारण बिरुवा सहजै सार्न सकिने मौसम छ ।’

अबका केही महिना बिरुवा सार्न र हुर्काउन सहज हुने उनको अनुभव छ । एसियन हाइवे निर्माणका क्रममा स–साना रूख, बिरुवाहरू डोजरको प्रयोगले काटिनु हृदयविदारक रहेको उनले सुनाए ।

‘यो सिजन बिरुवा हुर्काउन र सार्न सकिने सिजन हो । रूख, बिरुवा किन काट्नु भन्ने प्रश्न मेरो पनि हो,’ श्रीले थपे, ‘वनस्पति निमिट्यान्नै मास्न खोज्नु कि अज्ञानता हो, कि नियत हो ।’

ठूला रूखहरू सार्न नसकिएका कारण दुःखी हुनुको विकल्प नभएपनि साना र २० फुटसम्मका रूख, बिरुवा उखाल्ने, काट्ने र मार्ने भन्दापनि सार्नुपर्ने उनी सुनाउँछन् ।

‘२० फुटसम्मका बिरुवा हाँगा काटेर छाड्ने र केही समयपछि जरा उखेलेर सार्न सकिन्छ । सार्ने मेसिन नहुँदा स्काभेटरको प्रयोगले निकै ठूला बिरुवा पनि सार्न सकिन्छ,’ उनी भन्छन्, ‘एसियन हाइवेमा भएको बाटोमा चिम्टिया माटो छ । चिम्टिया माटो सजिलै झर्दैन, जरामा टाँसिएरै रहने भएका कारण पाँच दिनसम्म पानीले भिजाउने र पछि उखेलेर सार्न सकिन्छ ।’

उनले यी रूखबिरुवा मास्नुको विकल्पमा खोला तटबन्धन नभइरहेको समयमा खोला, नदी आसपास लगेर रोप्नुपर्ने सुझाए ।

तर, श्री ले भनेजस्तो सहज भने छैन । सडक निर्माणका क्रममा अहिले त्यस क्षेत्रका स्थानीयबासी स्वयम् नै दाउराका लागि भनेर रूखका हाँगाहरू ‘लुछालुछ’ गरिरहेका भेटिन्छन् । उनीहरूलाई रूख, बिरूवाको चिन्ता छैन । बरु कसरी हुन्छ, दाउरा भेटिए त्यसमै खुसी हुन्छन् ।

वनस्पतिबारे चासो दिने र त्यसलाई संरक्षण गर्ने मानिसको कमीले वन जंगल मासिदैँ गएको सुनाउँछन्, श्री ।

अझ पीपल जातका बोटहरू एउटा जरा नै भेटियो भने जागिहाल्ने अध्ययनले देखाएको उनी बताउँछन् । ‘मुर्खहरूको अज्ञानताले रुख काटेको हेर्न सकिदैँन,’ उनको चिन्ता छ, ‘हाँगा माथि नजाने खालका त जति फुटका भएपनि रुख सहजै सार्न सकिन्छ ।’

दूधालु रुखहरूका एउटा मात्रै जरो भेटिएपनि सहजै सार्न सकिने उनी बताउँछन् ।

आफूले नजाने वा नसके वनस्पतिसँग जोडिएर काम गरिरहेका मान्छेलाई बोटबिरुवा जिम्मा दिन सकिने उनको भनाइ छ ।

पछिल्लो समय त बनिसकेका सडकखण्डमा डिभाइडरमा रूख रोप्नु मुख्र्याइ रहेको श्री सुनाउँछन् । जंगलमा फैलिएर रहन सक्ने रुखहरू डिभाइडरमा एउटा गमलाजस्तो बक्साभित्र थुनेर राख्नु मूर्खता रहेको उनले बताए ।

एउटा ठूलो रूखबाट पन्छीहरूको संसार रहेको र रूख प्रत्यक्ष जीवहरूसँग जोडिएको उनी बताउँछन् । उनले थपे, ‘रूखहरू जैविक विविधतासँग जोडिएका हुन्छन् । वनस्पति सम्बन्धि ज्ञाता नहुँदा रूख ड्यांग ढालिदियो सकियो ।’

मान्छेहरू वनस्पति सम्बन्धि संवेदनशील नभएकोमा उनको चिन्ता छ । ‘गिद्धले सिनो लुछेजस्तो लुछेका छन् । बच्चाले देख्दा रुखबिरुवा च्यातचुत, काटकुट पार्दा कस्तो संवेदना हुन्छ होला,’ उनले सुस्केरा हाल्दै भने, ‘वनस्पतिलाई नै संवेदनशील बनाउनेगरी चिथरेर । डोजर लगाएर काटिरहेका छन् । बच्चाहरूको हृदयमा वनस्पतिप्रति के हुन्छ संवेदना ?’

काकडभिट्टा–लौकही सडक योजना पश्चिम खण्डका प्रमुख जगत प्रजापतिले पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई खण्डमा सडक निर्माण हुने जनाए ।

उनका अनुसार वन विभागबाट ६ हजार ८०९ वटा रूख कटान गर्न स्वीकृति लिइएको छ । जसमा सबैभन्दा बढी मोरङमा रूख कटान हुनेछ । यहाँ ५ हजार ३४२ वटा रूख कटान हुनेछ । यसैगरी झापामा एक हजार एक सय १७ र सुनसरीमा एक सय २२ वटा रूख कटान हुनेछन् ।

रुख कटान नगरी स्थानान्तरण गर्ने प्रक्रिया छैन भन्ने जिज्ञासामा उनले भने, ‘हामीले अहिले काटेका रुखहरूको दश गुणा बढी रोप्नलाई बजेट छुट्याएका छौँ । उखेलेर फेरि सार्ने विषय मिल्दैन रहेछ ।’

उनले वन विभाग स्वीकृति लिदाँ अहिले काटिएको भन्दा दश गुणा बढी बिरुवा रोप्नलाई पाँच करोड ९७ लाख वन विकास कोषमा जम्मा गरेको बताए । प्रजापतिले भने, ‘पाँच वर्षभित्र दश गुणा रुखलाई हुर्काउनका लागि यो बजेट जम्मा गरिसकेका छौँ ।’

उनका अनुसार डिभिजन वन कार्यालय र वन विभागसँग समन्वय गरेर बिरुवा रोपिनेछ ।

काकडभिट्टादेखि लौकहीसम्म ९५.७६ किलोमिटर सडकको पूर्वी खण्ड ४५ किलोमिटरको रहेको उनले बताए । यसैगरी बाँकी खण्ड पश्चिमतर्फ रहेको र दुई कार्यालय अन्तर्गत काम भइरहेको उनले जनाए ।

‘तीन वर्षमा पुरै निर्माण सक्नुपर्ने गरी काम भइरहेको छ । बजार क्षेत्रमा दुवैतर्फ ‘सर्भिस लेन’ भनेर एक–एक लेनको सडक हुँदा ६ लेनको हुनेछ । जंगल क्षेत्रमा भने चार लेनको सडक निर्माण हुनेछ ।’ उनले २४ देखि ३३ मिटरको सडक निर्माण हुने बताए ।

साना पुलहरू १७ वटा र तीन ठूला पुलको छुट्टै ठेक्का लागेको उनले बताए । उनका अनुसार रतुवा, लोहन्द्रा, बक्राहा पुलको छुट्टै ठेक्का लागेको छ ।

एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको साझेदारीमा ३६२.४७ मिलियन डलरमा सडक निर्माण हुन लागेको हो । यसमा एडिबीको तीन सय मिलियन डलर र नेपाल सरकारको ६२.४७ मिलियन डलर लगानी रहनेछ ।

Tags: #सडकएसियन हाइवेटाकुरा विशेषवनस्पति
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !
FEATURE BREAKING

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

तीन दशक अघिसम्म काठमाडौं पुरै वन जंगलले घेरिएको थियो । थापाथली, कुपण्डोल, स्वयम्भु, वनस्थली, सितापाइला, गुजेश्वरी, सिनामंगल, गोठाटार, मुलपानी, जयबागेश्वरी,...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

झापा : झापाको कचनकवलमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु भएको छ। कचनकवल गाउँपालिका–१ स्थित चिया बगानमा...

भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका कपडा बरामद

साउन ३१, २०८३
भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

साउन ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

भदौ १, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

भदौ १, २०८३
भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.