भोजपुर : चामल चोरीको आरोप लगाएको निहुमा हत्या गरेर फरार बनेका एक अभियुक्तलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ ।
चामल चोरीको आरोप लगाएको भनेर एक जना व्यक्तिको हत्या गरी फरार बनेका अभियुक्तलाई १२ वर्षपछि भोजपुर प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका ४ का ३० वर्षीय शौरभ तामाङ रहेका छन् । तामाङलाई झापाको काँकडभिट्टाबाट बुधबार पक्राउ गरेर भोजपुर ल्याइएको भोजपुर प्रहरी प्रमुख डीएसपी सुदीपराज पाठकले जानकारी दिए।
भोजपुरको साबिक चरम्बी–३ का सीताराम राईको २०६८ माघ ७ गते हत्या भएको थियो । राईले आफ्नो घरबाट तामाङ समेतका ३ जना व्यक्तिले चामल चोरी गरेको भनेर आरोप लगाएपछि दुई पक्षबीच विवाद भएको थियो ।
प्रहरीका अनुसार दुई पक्षबीचको विवाद मिलाउन गाउँमा बोलाइएको छलफलमा सहभागी नभएको र आफूहरूलाई चामल चोरको आरोप लगाएको भनेर तामाङसहितले राईको हत्या गरेको पुष्टि भएको छ।
कर्तव्य ज्यान मुद्दामा भोजपुर अदालतले दोषी ठहर गर्दै तामाङलाई जन्मकैदको फैसला गरेको छ।
प्रहरीले पक्राउ गरेर बुझाएपछि कैद सजाय भुक्तानका लागि उनलाई अदालतले बिहीबार कारागार चलान गरेको छ।














Discussion about this post