इटहरी : सुनसरीको देवाञ्जगञ्ज र हरिनगरा गाउँपालिकामा धार्मिक हिंसा भड्किने देखिएपछि अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ ।
शुक्रबार दिउँसो १२ बजेदेखि लागू हुने गरी हरिनगरा गाउँपालिकाका सबै वडा र र देवाञ्जगञ्ज गाउँपालिकाको १ र ७ नं वडामा अनिश्चितकालिन निषेधाज्ञा जारी भएको हो ।
बिहीबार मुस्लिम युवाहरूको आक्रमणमा घाइते भएका हरिनगर गाउँपालिका ३ का जिवन मेहताको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइहरेको छ । भीडलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र हवाई फायर समेत गरेको छ ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सम्भावित मानवीय र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम विभिन्न भेला प्रदर्शन गर्न नगराउन सुनसरी जिल्लाका कार्यवाहक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख गरिएको छ ।
कर्फ्यु आदेश विपरीत भए गरिएको पाइएमा सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कारबाही समेत गर्न सकिने कामु प्रजिअ फुयालले जानकारी दिए ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शुक्रबार मध्यान्ह १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरेर निस्कनेबाहेक सामूहिक रुपमा सामाजिक, धार्मिक, राजनैतिक सभा,र्याली/ भेला र प्रदर्शन गर्न निषेध गरिएको जनाएका छन्।
आदेशविपरीत गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।















Discussion about this post