इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवासहित पाँच पालिकामा निषेधाज्ञा जारी गरेको छ ।
सुनसरी सदरमुकाम इनरुवासहित पाँच पालिकामा निषेधाज्ञा गरेको प्रशासनले जनाएको छ ।
हिन्दू र मुस्लिम समुदायबीच निरन्तर झडप भइरहेपछि प्रशासनले सुनसरीको हरिनगर गाउँपालिकाका सबै वडा र देवानगञ्ज गाउँपालिका वडा नं. १ र ७ मा यसअघि नै अनिश्चितकालीन निषेधादेश जारी गरिएको थियो।
प्रशासनले अहिले इनरुवा नगरपालिका क्षेत्र, हरिनगर गाउँपालिका क्षेत्र, भोक्राहा नगरसिंह गाउँपालिका क्षेत्र र कोशी गाउँपालिका क्षेत्रमा निषेधादेश जारी गरेको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शुक्रबार मध्यान्ह १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरेर निस्कनेबाहेक सामूहिक रुपमा सामाजिक, धार्मिक, राजनैतिक सभा, र्याली, भेला र प्रदर्शन गर्न निषेध गरिएको जनाएका छन्।
आदेशविपरीत गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।















Discussion about this post