खोटाङ : खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मास्थित ज्यामिरेका प्रेम कुमार राईको घरमा विद्युत सर्ट भई आगलागी भएको छ।
चैत २६ गते अपरान्ह ४ बजे बिजुलीको मिटर बक्स सर्ट भई घर, घरभित्रको लत्ताकपडा, भाडावर्तन, अन्नपात, काठपात, दुईतोला सुन, चाँदी छ तोला र नगद ३० हजार जल्दा अनुमानित ६० लाख वरावरको क्षति भएको प्रहरीले जनाएको छ।
आगलागीबाट मानवीय र चौपायामा क्षति नपुगेको जनाईएको छ। अस्थाई प्रहरी चौकी याम्खाबाट खटेको प्रहरी र स्थानीयको सहयोगमा साँझ ६ः५० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो।
उता,रावावेंशी गाउँपालिका–४ डुम्रे धारापानीका चन्द्र बहादुर बिकको घर र मतानमा आगलागी हुँदा नौ लाख वरावरको क्षति भएको छ।
चैत २६ गते दिउँसो २ः४५ बजे लागेको आगोले घर र मतान घर, अन्नपात, भाडावर्तन, लत्ताकपडा, नगद ४० हजार, सोलार प्यानल, सोलारको ब्याट्रि जलेर नष्ट भएको छ।आगलागीको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।
मानवीय र चौपायामा क्षति भने भएको छैन । आगोलाई प्रहरी र स्थानीयले साँझ ५ः३७ बजे नियन्त्रणमा लिएको थियो।खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मास्थित ज्यामिरेका प्रेम कुमार राईको घरमा विद्युत सर्ट भई आगलागी भएको छ।
चैत २६ गते अपरान्ह ४ बजे बिजुलीको मिटर बक्स सर्ट भई घर, घरभित्रको लत्ताकपडा, भाडावर्तन, अन्नपात, काठपात, दुईतोला सुन, चाँदी छ तोला र नगद ३० हजार जल्दा अनुमानित ६० लाख वरावरको क्षति भएको प्रहरीले जनाएको छ।
आगलागीबाट मानवीय र चौपायामा क्षति नपुगेको जनाईएको छ। अस्थाई प्रहरी चौकी याम्खाबाट खटेको प्रहरी र स्थानीयको सहयोगमा साँझ ६ः५० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो।
उता,रावावेंशी गाउँपालिका–४ डुम्रे धारापानीका चन्द्र बहादुर बिकको घर र मतानमा आगलागी हुँदा नौ लाख वरावरको क्षति भएको छ।
चैत २६ गते दिउँसो २ः४५ बजे लागेको आगोले घर र मतान घर, अन्नपात, भाडावर्तन, लत्ताकपडा, नगद ४० हजार, सोलार प्यानल, सोलारको ब्याट्रि जलेर नष्ट भएको छ।
आगलागीको कारण खुलेको छैन। मानवीय र चौपायामा क्षति नभएको प्रहरीले जानकारी दिएको छ। आगोलाई प्रहरी र स्थानीयले साँझ ५ः३७ बजे नियन्त्रणमा लिएको थियो।
यस्तै, हलेसी तुवाचुङ नगरपालिका–१ कदुवास्थित अरहरे सामुदायिक वनमा लागेको डढेलोलाई हावाहुरीले ल्याई सोही ठाउँका बसन्त राईको मानिस नबस्ने घर, घरभित्रको अन्नपात, भाडावर्तन, काठपात जल्दा एक लाखको क्षति भएको छ।
वनमा चैत २२ गतेबाट डढेलो लागिरहेको थियो। त्यही डढेलोलाई हावाहुरीले ल्याउँदा चैत २६ गते अपरान्ह ४ बजे राईको घरमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ। वनमा लागेको डढेलो नियन्त्रणमा आईसकेको छ।

Discussion about this post