संखुवासभा : संखुवासभाको पाँचखपन नगरपालिका(२) मा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ ।
सोमबार साँझ साढे ६ बजे सोही स्थान बस्ने ५० बर्षीय युवराज राई र निजकै छोरा २८ बर्षीय सुमन राई बिच सामान्य घरायसी विवाद हुँदा सुमन राईले शरीरको बिभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भिर घाईते भएका थिए ।
घाईते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवसभाले जनाएको छ ।














Discussion about this post