मोरङ : मोरङको उर्लाबारी २ स्थित लामपाते सिमसारको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
सालबारी सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको सिमसारको पोखरीमा साथीहरूसँग नुहाउन गएका ११ वर्षीय बालक सूर्य गौतमको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका १ हनुमानचोकमा हजुरबा हजुरआमासँग बस्दैआएका गौतम ९ जना साथीका साथमा पौडी खेल्न पोखरीमा पुगेका थिए ।
पथरीबाट ४ किलोमिटर पूर्वउत्तरमा रहेको पोखरीमा पौडी खेल्नेक्रममा उनको मृत्यु भएको दासले जानकारी दिए ।
बालकको शव मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा पोस्टमार्टम गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post