मोरङ : मोरङमा तस्करले आक्रमण गर्दा सशस्त्र प्रहरीका हवल्दार घाइते भएका छन् ।
भारतबाट दुई वटा साइकलमा लोड गरी अवैध रूपमा ल्याउँदै गरेको धानको बीउ नियन्त्रणमा लिने क्रममा मोरङको रतुवामाई १ मा सशस्त्र प्रहरी हवल्दार युवराज तामाङ घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय सिजुवाका अनुसार बिहीबार बिहान ५ बजेतिर भारततर्फबाट अवैध सामग्री आउँदै गरेको देखेपछि सीमा सुरक्षा गुल्म वरडङ्गाका सशस्त्र प्रहरी हवल्दार तामाङले नियन्त्रणको प्रयास गरेका थिए ।
सोही क्रममा रतुवामाई १ बस्ने सावर मियाँले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको थिए । ढुङ्गाले लागेर उनी घाइते भएका छन् ।
ढुङ्गा प्रहार गरेर भागेको मियाँको समूह भारततर्फ भागेको बताइएको छ ।














Discussion about this post