झापा : इलाका प्रहरी कार्यालय अनारमनीले नक्कली सुनको टिल बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जल्पाइगुड ४ सिलिगुडी भारतका ५४ वर्षीय शेरबहादुर गिरी रहेका छन् ।
झापाको बिर्तामोड नगरपालिका ५ शनिश्चरे स्थितबाट गिरीले आफु सुन बेच्ने मानिस भएको भन्दै आफुसँग भएको नक्कली काँचो सुनको टिल ६० हजार रुपैयामा झापाको बुद्दशान्ती गाउँपालिका २ की ४५ वर्षीया सविता सिटौलालाई ललाई फकाई गरी बिक्री बितरण गरी ठगी गरेका थिए ।
घटना घटेको केही समय पश्चात आफु ठगीमा परेको पत्तो पाएकी सिटौलाले तत्काल प्रहरीमा खबर गर्नसाथ इलाका प्रहरी कार्यालय आनारमनी झापाबाट खटिएको प्रहरी टोलीले गिरीलाई झापाको विर्तामोड नगरपालिका ५ बाट पक्राउ गरेको र ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जानकारी दिएको छ ।













Discussion about this post