Thursday, July 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

आन्तरिक आम्दानी वृद्विमा इटहरीको योजना : प्रभावकारी सूचना, बाध्यकारी कर ‘क्लियरेन्स’, छुट र ताकेता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २३, २०८१
in समाचार
0
आन्तरिक आम्दानी वृद्विमा इटहरीको योजना : प्रभावकारी सूचना, बाध्यकारी कर ‘क्लियरेन्स’, छुट र ताकेता
99
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाले करको दायरा वृद्धिका लागि नीतिगत सुधार थालेको छ ।

इटहरीमा बसोबास गर्दै आएका व्यक्ति, व्यापार व्यवसाय सञ्चालन गर्ने व्यवसायी, उद्योग सञ्चालन गर्ने उद्योगी सबैलाई करको दायरामा ल्याउन पहल थालिएको उपमहानगरले नीतिगत सुधार गरेको जनाएको छ ।

बर्षौ देखी बसोबास गर्दै आएका व्यक्ति, व्यवसायी,उद्योगी, बैङ्क तथा वित्तीय संस्था, सहकारी जो करको दायरामा आएका छैनन् । उनीहरूलाई करको दायरामा आउन विशेष अभियान सञ्चालन भइरहेको इटहरी उपमहानगरपालिकाका राजश्व शाखाका प्रमुख सन्तोष ढकालले जानकारी दिए । करको दायरामा ल्याउन उपमहानगरले मुख्य ४ पक्षमा सुधार गरेको प्रमुख ढकालले बताए ।

नीतिगत सुधार, कर छुट तथा समायोजन, सार्वजनिक सूचना, पत्राचार र अनुगमन गरी कर तिर्न सबैलाई उत्प्रेरित गर्ने गरिएको प्रमुख ढकालको भनाई छ ।

अघिल्लो आर्थिक वर्षदेखि यो अभियान निरन्तर रूपमा सञ्चालनमा रहेको ढकालले जानकारी दिए । आर्थिक वर्ष २०७९।८० बाट कर सुधार अभियान सुरु गरिएको उनले बताए ।

आर्थिक वर्ष २०७९।०८०मा यो अभियानबाट २ हजार ८५ जना नयाँ करदाता थपिएका थिए ।
यस्तै, चालु वर्षको साउन महिना देखी चैत्र मसान्त सम्म ११ सय ४९ नयाँ करदाता थपिएका छन् ।

२०८० चैत्र मसान्त सम्म कुल २४ करोड ८३ लाख,५६ हजार राजश्व सङ्कलन गरिएको राजश्व शाखाले जनाएको छ । २०७९ चैत्र मसान्त सम्म २० करोड ३० लाख ७० हजार राजश्व सङ्कलन गरिएको थियो ।

अनिवार्य कर क्लियरेन्स

इटहरी उप महानगरले आन्तरिक राजश्व वृद्धिका लागि अनिवार्य कर क्ल्यिरेन्सको नीति लिएको छ । आन्तरिक राजश्व वृद्धि बढाउन प्रभावकारी बनाउन नीतिमै सुधार गरिएको शाखा प्रमुख ढकालले बताए । पहिलो पटक ऐनमा नै समावेश गरी करलाई सेवासँग आबद्ध गरी कर सङ्कलनको व्यवस्था गरिएको छ ।

आर्थिक ऐन २०८० को दफा २६ को उपदफा ४ मा ‘इटहरी उपमहानगरपालिका महाशाखा, शाखा तथा वडा कार्यालयहरूबाट सेवा प्रवाह गर्दा सेवाग्राहीले बुझाउनुपर्ने कर, शुल्क, दस्तुर तथा जरिवानालाई सेवासँग आबद्ध गरी अनिवार्य असुलउपर गरी सेवा प्रवाह गर्नुपर्ने छ ।’ भनी उल्लेख गरिएको छ ।

यसको अर्थ अब कुनै पनि सेवा लिनु भन्दा अघि सेवाग्राहीले कर तिर्नुपर्ने छ । उपमहानगरलाई तिर्नुपर्ने कर तिर्न बाँकी देखिएमा अनिवार्य रूपमा पहिले कर तिरेर मात्रै सेवा दिने व्यवस्था उपमहानगरले गरेको छ ।

केही सेवाग्राही नियमित कर तिर्ने तर केही सेवाग्राही करको दायरामा नै नआई बषौँ देखी कर नतिर्ने देखिएकाले यसो गरिएको राजश्व शाखा प्रमुख सन्तोष ढकाल बताउँछन् ।

कर तिर्ने र कर नतिर्ने दुई खाले अवस्थालाई हटाउन यो नीतिगत सुधार गरिएको उनको भनाई छ ।यो नियमको कार्यान्वयन पछि कर तिर्ने सेवाग्राही र कर नतिर्ने सेवाग्राही बिचको विभेद हट्ने उनले बताए ।

चालु आर्थिक वर्ष देखी सुरु गरिएको यो अभ्यासलाई बिस्तारै कडा बनाउँदै लगिनेछ ।

अहिले प्रत्येक वडा कार्यालयहरूमा सेवा लिन पुगेका सेवाग्राहीहरूको कर तिर्न बाँकी छ कि छैन भनेर हेर्ने गरिएको छ । यदि कर तिर्न बाँकी भए कर तिर्न आग्रह गर्ने गरिएको छ ।

आउने वर्ष देखी यो नियममा अझै कडा गर्दै कार्यान्वयनमा ल्याइने उपमहानगरले जनाएको छ। यी लगायतका अन्य कानुनी रूपमा समस्या देखिएका नीतिमा सुधार गरिएको उपमहानगरले जनाएको छ ।

छुट र समायोजनको अफर

कर नीतिमा कडाइ गर्दै लगेको उपमहानगरले नागरिक तथा सेवाग्राहीलाई छुटको सुविधा दिएर नियमित कर तिर्न प्रोत्साहन पनि गरेको छ । ऐनमै उल्लेख गरी नियमित कर तिर्न सेवाग्राहीलाई छुटको सुविधा दिएको छ ।

प्रत्येक आर्थिक वर्षको साउन महिना देखी पुस मसान्त सम्म सबै करमा १० प्रतिशत छुट प्रदान गरिएको छ । यो समयमा तिर्नुपर्ने सम्पत्ति कर, भूमि कर, बहाल कर, व्यवसाय कर वा अन्य कुनै पनि कर तिर्दा यो छुट सुविधा लिन सकिनेछ ।

व्यवसायीहरूलाई सुविधा दिन उपमहानगरले आर्थिक वर्ष २०७३।०७४ सम्मको सबै व्यवसाय करमा छुट दिएको छ ।

कर समायोजन गर्दै उपमहानगरले बहाल कर पनि घटाएको छ । अघिल्लो आर्थिक वर्षमा ७ प्रतिशत रहेको घर बहाल करलाई घटाएर ५ प्रतिशतमा झारिएको छ । यसबाट धेरै घर धनी र व्यवसायीलाई राहत हुने उपमहानगरको भनाई छ ।

बहाल कर घटाएको उपमहानगरले पुरानो बहाल करमा पनि छुट दिएको छ । उपमहानगरले २०७५ सालको असार सम्मको सम्पूर्ण बहाल करमा छुट दिइएको छ ।

२०७५ देखी यता आन्तरिक राजश्व कार्यालयमा बहाल कर तिरेको भए सो करलाई मिलान गर्ने सुविधा दिएको राजश्व शाखा प्रमुख ढकालले जानकारी दिए ।

स्थानीय तह आएपछि स्थानीय तहमा तिर्नुपर्ने बहाल कर पहिले देखी तिर्दै आएको आन्तरिक राजश्व कार्यालयमा तिरेका सेवाग्राहीले आफ्नो कागजपत्र लिएर आए उपमहानगरबाट हिसाब मिलान गर्न सुविधा दिएको प्रमुख ढकालले बताए ।

प्रभावकारी सूचना प्रणाली

एफ.एम, रेडियो, पत्रपत्रिका, टिभी लगायतका सञ्चार माध्यमबाट कर सम्बन्धी सूचना प्रवाह गर्ने गरेको राजश्व शाखाले जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जाल मार्फत पनि कर सम्बन्धी सूचना प्रवाह गरिएको शाखाले जनाएको छ ।

अर्को तर्फ समय समयमा माइकिङ गरेर पनि नागरिकहरूलाई सूचना प्रदान गरिएको उपमहानगरले जनाएको छ ।

अनुगमन र ताकेता

पछिल्लो समय राजश्व शाखाले करदाता सेवाग्राहीलाई कर तिर्न आग्रह गर्दै पत्राचार गर्ने गरेको छ । कर तिर्न नआएका करदाताको विवरण अनुसार बैङ्क वित्तीय संस्था, सहकारी, तथा अन्य सङ्घसंस्था तथा व्यवसायी प्रतिष्ठानहरूलाई पत्र पठाएर कर तिर्न आग्रह गर्ने गरिएको राजश्व शाखाका कर्मचारी प्रेम राईले जानकारी दिए ।

गएको चैत्र २८ गते पनि उपमहानगरपालिकाले १ सय ७० वटा उद्योगहरूलाई पत्राचार गरेको थियो । सार्वजनिक जमिन प्रयोग गरे नगरेको, घर नक्सा पास भए नभएको, कर तिर्न बाँकी भए तिर्न आग्रह गर्दै यस्तो पत्र पठाइएको राजश्व शाखा प्रमुख सन्तोष ढकालले बताए ।

पत्र पठाएपछि अहिले उद्योगीहरू उपमहानगरमा आएर बुझ्ने र आफ्नो विवरण तथा जानकारी दिने गरेको उनले बताए । अर्कोतर्फ कर तिर्न बाँकी करदातालाई राजश्व शाखाले टेलिफोन गरी कर तिर्न सम्झाउने गरेको छ ।

कर तिर्न बाँकी रहेका बैङ्क वित्तीय संस्था,सहकारी, उद्योगी, व्यवसायीलाई राजश्व शाखाले टेलिफोन गरी कर तिर्न सम्झाउने गरेको राजश्व शाखाका कर्मचारी प्रेम राईले जानकारी दिए ।

कामको दौडधुपले कर तिर्न भुलेका करदाताहरूलाई सम्झाउने गरेको उनले बताए । टेलिफोन गरी सम्झाए पछि धेरै व्यवसायी तथा उद्योगी, बैङ्क वित्तीय संस्थाहरू कर तिर्न आएको राईले बताए ।

उता,बजार अनुगमन गरी व्यवसायीलाई करको दायरामा आउन आग्रह गर्ने गरेको छ । वार्षिक क्यालेन्डर नै तयार गरी बजार अनुगमन गर्ने गरिएको बजार अनुगमन शाखाका प्रमुख नोवल किशोर भट्टराईले जानकारी दिए ।

चालु आर्थिक वर्षमा २ सय बढी अनुगमन गरिएको उनको भनाई छ । यसरी अनुगमनका क्रममा व्यवसाय दर्ता भए नभएको, नवीकरण भए नभएको जाँच गर्ने गरेको भट्टराईले बताए ।

अनुगमनका क्रममा व्यवसाय दर्ता नगरेका व्यवसायीलाई व्यवसाय दर्ता गर्न लगाइएको उनले जानकारी दिए । यसबाट पनि धेरै व्यवसायीहरू करको दायरमा आएको उनको भनाई छ ।

 

– ADVT

Tags: #इटहरी#इटहरी उपमहानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विविध

धरानमा तीन सयभन्दा बढी साइक्लिष्टको ‘कोरा राइड’ हुँदै

by रासस
असार ३१, २०८३
0

सुनसरी : कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी साउन २ गते यहाँ ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ आयोजना हुने भएको...

अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा
FEATURE BREAKING

चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित रंगेहात पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ३१, २०८३
0

इटहरी : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट...

फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

लागूऔषध सेवन गरेर सवारी चलाउने १० जना चालक विराटनगरमा पक्राउ

असार ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा तीन दाजुभाइको विवादले लियो एकको ज्यान

असार ३१, २०८३
वन्यजन्तुको प्यास मेटाउन भोजपुरको वनमा पोखरी निर्माण

वन्यजन्तुको प्यास मेटाउन भोजपुरको वनमा पोखरी निर्माण

असार ३१, २०८३
खोटाङमा सुतेकै अवस्थामा कैदीको मृत्यु

खोटाङमा सुतेकै अवस्थामा कैदीको मृत्यु

असार ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा तीन सयभन्दा बढी साइक्लिष्टको ‘कोरा राइड’ हुँदै

असार ३१, २०८३
अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित रंगेहात पक्राउ

असार ३१, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

लागूऔषध सेवन गरेर सवारी चलाउने १० जना चालक विराटनगरमा पक्राउ

असार ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा तीन दाजुभाइको विवादले लियो एकको ज्यान

असार ३१, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    461 shares
    Share 184 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.