धरान : धरान उपमहानगरपालिका २० स्थितबाट लागूऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ज २१७८ नम्बरको यात्रुबाहक बोलेरोमा सवार एक युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका ८ धनकुटाका २४ वर्षीय दीपक मुडेल रहेका छन् ।
उनलाई अम्लिसो कुचोभित्र कालो झोलामा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा ४ केजी ४०० ग्राम लागूऔषध गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post