मोरङ : मोरङको रङ्गेली नगरपालिका ९ दोहमनाबाट नेपाली नक्कली नोटसहित एकजना महिलालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका ५ टकुवाकी ४० वर्षीया कुरेसा खातुनलाई पक्राउ गरेको हो ।
उनको साथबाट ५ सय दरका १८ थान (नौ हजार) नेपाली नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ ।
नेपाली नक्कली नोटसहित पक्राउ परेकी खातुनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post