विराटनगर : कोशी प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले कोशी प्रदेश सरकारसम्बन्धी मुद्दाको फैसला नआउन्जेल प्रदेशसभा बैठकमा उपस्थित नहुने निर्णयअनुसार बैठकमा सहभागी नभएको बताएका छन् ।
सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रदेश सरकारबारे सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला नआउन्जेलसम्म संसदमा उपस्थित नहुने बताएका हुन् ।
उनले सरकार निर्माणको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको कारणले नेपाली कांग्रेसले अहिलेको कोशी प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न खडा गरेको बताए ।
‘अहिले कोशी प्रदेशको निर्वाचित सरकारको विषयमा अदालतमा यो मुद्दा विचाराधिन रहेको छ। यसको सुनुवाई पनि ९ गते हुने सर्वोच्चबाट जानकारी पाएका छौँ‚’ उनले भने, ‘अहिले सरकार निर्माणको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको कारणले कांग्रेसले अहिलेको कोशी प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न खडा गरेको छ।’
प्रदेश सरकारबारे अदालतमा मुद्दा चलिरहेको र अन्तिम सुनुवाईको मिति तोकिसकिएको समयमा हतारमा मुख्यमन्त्रीले विश्वासको मत लिन खोजेको कांग्रेसको आरोप छ।












Discussion about this post