मोरङ : मोरङमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बेलबारी नगरपालिका २ लालभित्ती रमिते टोल बस्ने १९ वर्षीय आकाश तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
तामाङले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post