Thursday, August 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी वडा नम्बर १ को शिक्षामा प्राथमिकता : मुसहरीमा ट्युसन कक्षा, राष्ट्रिय माविमा प्राविधिक धार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २०, २०८१
in समाचार
0
इटहरी वडा नम्बर १ को शिक्षामा प्राथमिकता : मुसहरीमा ट्युसन कक्षा, राष्ट्रिय माविमा प्राविधिक धार
98
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इन्द्रजित सदा कक्षा ६ मा पढ्छन् । इटहरी उपमहानगरपालिका वडा नम्बर १ मुसहरी टोलमा घर भएका सदाका बुबा आमा मजदुरी गर्छन् । मजदुरी गर्ने भएकाले उनका बुवा आमा बिहानै काममा निस्कन्छन् ।

बुबा आमा नभएपछि इन्द्रजित मन लागेको बेला विद्यालय जान्थे, मन नलागेको बेला घरमै बस्थे । उनका साथीहरू अमित, वन्दना र सन्तोषीको अवस्था पनि उही थियो । मन लागेको बेला विद्यालय जाने, नलागेको बेला नजाने ।

तर, एक वर्षको अवधिमा इन्द्रजितमा ठूलो परिवर्तन आएको छ । इटहरी १ को कार्यालयले मुसहर बालबालिकालाई लक्षित गरेर ट्युसन कक्षा सञ्चालन गरेको छ ।

ट्युसन कक्षामा आउन थालेपछि इन्द्रजित नियमित विद्यालय जान थालेका छन् । उनी स्कुल मात्रै नियमित गइरहेका छैनन् घरमा गर्नुपर्ने गृहकार्य पनि नियमित गर्छन् ।

नियमित विद्यालय जान र गृहकार्य जान थालेपछि उनको पढाइ सुध्रिएको छ । पढाइसँगै उनको आनीबानीमा पनि परिवर्तन आएको छ । उनले सरसफाइमा समेत ध्यान दिन थालेका छन् ।

धोइ पखाली गरेर सफा लुगा लगाउने र चिटिक्क हुन थालेका छन् इन्द्रजित । इन्द्रजितकै सिको पछ्याउँदै नियमित विद्यालय जान थालेका छन्, अमित सदा पनि ।

वन्दना र सन्तोषी पनि आजकाल कक्षा छुटाउँदैनन् । विद्यालय होस यो ट्युसन । दुवै नियमित भएपछि उनीहरू अहिले विद्यालयमा लेखपढ गर्न जान्ने विद्यार्थीमा गनिन थालेका छन् । उनीहरू सबै जना जनजागृति आधारभूत विद्यालयमा कक्षा ६ मा पढ्छन् ।

१० महिना अघिबाट वडा नम्बर १ ले मुसहर बालबालिकालाई लक्षित गरेर ट्युसन कक्षा सञ्चालन गरेको छ । ट्युसन कक्षामा ५७ जना बालबालिका भेला हुन्छन् । उनीहरूका लागि वडाले ३ जना शिक्षकको व्यवस्था गरेको छ ।

ट्युसन कक्षामा उनीहरू खाजा खान पाउँछन् । बालबालिकाका लागि वडाले कापी, कलम र पेन्सिलको पनि व्यवस्था गरेको छ । उनीहरूलाई विभिन्न खेलकुदका सामाग्री समेत वडाले उपलब्ध गराएको छ ।

मुसहर बालबालिकालाई ट्युसन पढाउने कविता सदाले वडाले कक्षा सञ्चालन गरेपछि मुसहर बालबालिकामा परिवर्तन सुरु भएको बताइन् । खाजाको समेत व्यवस्था भएपछि उनीहरू ट्युसन कक्षामा आउने गरेको बताइन् ।

खेलका माध्यमबाट हामी उनीहरूलाई सिकाउँछौ । उनले भनिन्, “ट्युसनमा आउन थालेपछि उनीहरू माछा मार्न, धुलोमा खेल्न समेत जान छाडेका छन् । यसले उनीहरूको स्वास्थ्यमा समेत सुधार भएको छ ।”

ट्युसन कक्षामा मुसहर समुदायका बाहेक सीमान्तकृत अन्य समुदायका बालबालिका समेत पढ्न आउने गरेका छन् ।

इटहरी वडा नम्बर १ मा एक सय ५० मुसहर समुदायको घर रहेको छ । यस्तै, ५० भन्दा बढी माझी, चार सय भन्दा बढी थारुहरूको घर रहेको छ । उनीहरूलाई लक्षित गरेर ट्युसन कक्षा सञ्चालन गरिएको शिक्षक सदाले बताइन् ।

ट्युसन कक्षा सञ्चालन गर्न पाँच लाख रुपैयाँ बजेट वडाले विनियोजन गरेको थियो । सो रकमले ट्युसन पढाउने शिक्षकलाई पारिश्रमिक र स्टेश्नरीको व्यवस्था गरिएको वडाध्यक्ष कैलाश कार्कीले बताए ।

कार्कीका अनुसार मुसहर समुदायका बालबालिकाको शिक्षाको अवस्था सुधार गर्नका लागि आफूहरूले ट्युसन कक्षा सञ्चालन गरेको बताए ।

उनले भने, “अभिभावकहरुले घरमा बालबच्चालाई पढाउन समय दिन नसकेका कारण समस्या थियो । हामीले ट्युसन कक्षा सुरु भएपछि उनीहरूको शैक्षिक सिकाई सुधार भएको छ । ”

उनले सो समुदायसँग जोडिएका सीमान्तकृत र विपन्न परिवारका केटा केटीलाई पनि कक्षमा सामेल गराइएको बताए ।

विद्यालय नजाने बच्चाहरू नियमित विद्यालय जान थालेका छन् । उनले भने, “पढाइमा मात्रै होइन स्वास्थ्य र सरसफाइमा समेत उनीहरूको सुधार भएको छ ।”

उनले यो कार्यक्रमलाई निरन्तर दिनु पर्ने माग समुदायबाटै आएको बताए । उनले यसपटक पनि यो कार्यक्रमलाई निरन्तरता दिने तयारीमा रहेको बताए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका कैलाश २०७९ मा भने वडाध्यक्षमा निर्वाचित भएका थिए ।

वडाको नेतृत्व गरेका कार्कीसँग गरिएको संक्षिप्त कुराकानी :

वडा नम्बर १ ले के विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ?

इटहरी उपमहानगर हुनुभन्दा यो हाँसपोसा गाँउ विकास समिति थियो । हाँसपोसाको ३ वटा वडा मिलाएर अहिले इटहरी उपमहानगरपालिकाको वडा नम्बर १ बनाइएको छ ।

यो वडामा २३ सयको हाराहारीमा घर धुरी रहेको छ । यो वडामा बसाइँ सरेर आउने क्रम उच्च भएपनि आदिवासी समुदाय मुसहर समुदाय र सीमान्तकृत समुदायको बसोबास रहेको छ ।

यसो भएकाले हामीले यो वडामा शिक्षालाई बढी प्राथमिकतामा राखेर काम गरेका छौ । मुसहर समुदायका बालबालिकालाई वडाले निःशुल्क ट्युसन पढाउने काम गरेका छौ भने उनीहरूलाई खेलकुदका सामाग्री समेत वडाको तर्फबाट वितरण हुने गरेको छ ।

हामीले वडामा रहेका मुस्लिम विद्यार्थीहरूका लागि पनि हामीले काम गरेको छ । केही मुस्लिम बालबालिका मदरसामा मात्रै पढ्दै आएकोमा वडाको सहजीकरणमा सामुदायिक विद्यालयमा समेत भर्ना भएका छन् ।

विद्यालयमा नजाने अवस्था रहेको ले मदरसा सँग सँगै विद्यालयमा पनि जानु पर्छ भनेर प्राथमिकता मा राखिएको छ । हाम्रै वडामा रहेको राष्ट्रिय माध्यमिक विद्यालय प्राविधिक धारतर्फ इटहरीमा नै उत्कृष्ट छ ।

यसै वर्षदेखि हामीले सामुदायिक विद्यालयमा होटल म्यानेजमेन्ट समेत पढाउन सुरु गर्ने तयारी गरेका छौ । यसअघि नै हामीले सो विद्यालयमा इन्जिननियरींग विषयमा समेत पठन पाठन गरिरहेका छौ ।

राष्ट्रिय माविलाई हामीले उत्कृष्ट विद्यालय बनाउन आवश्यक सहयोग र सहजिकरण गरिरहेका छौ । विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । विद्यार्थीहरूले भर्ना पाउन नसक्ने अवस्थामा विद्यालय पुगेको छ ।

हामीले यसको भौतिक पूर्वाधार विकासमा पनि काम गरिरहेका छौ । राष्ट्रिय माविमा प्राविधिकतर्फ तीनबर्षे सिभिल इञ्जिनियरिङ र १८ महिने प्रि डिप्लोमा कक्षा सञ्चालन भइरहेको छ ।

२०६९ साल देखि प्राविधिक धारको पढाई सुरु गरेको सो विद्यालयले तीन बर्से सिभिल इन्जिनियरींगमा ४८ जना र प्रि डिप्लोमामा ४० जना विद्यार्थी वार्षिक रूपमा पढाउँदै आएको छ ।

पूर्वाधार विकासमा वडाले कसरी काम गरिहरेको छ ?

भौतिक पूर्वाधारका हिसाबले यो वडा पछाडि परेको वडा हो । बसाइँ सरेर आउने क्रम तीव्र भएपछि खेती योग्य जमिनहरूमा प्लटिङ भएको छ । अव्यवस्थित रूपमा प्लटिङ गरिँदा डुबानको समस्या थियो ।

अव्यवस्थित रूपमा भएको प्लटिङका कारण वडा नम्बर १ मा डुबानको समस्या थियो । हामीले यो समस्या समाधान गर्न ड्रेनको व्यवस्थापन गरिरहेका छौ ।

हामीले ड्रेनका लागि मात्रै प्रदेश सरकार, उप महानगर र वडाको बजेटबाट ८० लाख रुपैयाँ भन्दा बढी खर्च गरेका छौ ।

यस्तै, बाटोको स्तरोउन्नती र कालोपत्रे बनाउने समेत काम भएको छ । हामी आएपछि वडामा ८ किलोमिटर जति बाटो कालोपत्रे तथा ब्लक ओल्छ्याएका छौ ।

Tags: #इटहरीकैलाश कार्कीशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो
FEATURE BREAKING

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

by टाकुरा न्यूज । इटहरी
साउन २८, २०८३
0

इटहरी : इटहरीको स्थानीय विषयवस्तु समेटिएको ‘इटहरीको सेरोफेरो’ नामक पुस्तकमा तथ्यहीन, असत्य र भ्रामक सामग्री राखिएको भन्दै पाँच जना स्थानीयले...

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि
समाचार

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

by रासस
साउन २८, २०८३
0

झापा : जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा ५ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म ९ जनामा...

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

साउन २८, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना मावि प्रकरण : यौनजन्य दुर्व्यवहार आरोपमा पक्राउ परेका चार शिक्षक–कर्मचारी धरौटीमा रिहा

साउन २८, २०८३
भोजपुर : ऐतिहासिक ‘फलाम ढुङ्गा’को पर्यटन विकास योजना अलपत्र

भोजपुर : ऐतिहासिक ‘फलाम ढुङ्गा’को पर्यटन विकास योजना अलपत्र

साउन २८, २०८३
कोशी प्रदेशमा बीमा पहुँच विस्तार गर्न कार्यदल गठनको तयारी

कोशीमा कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले भने- ‘सहकार्य महत्वपूर्ण रह्यो’

साउन २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

साउन २८, २०८३
झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

साउन २८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

साउन २८, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना मावि प्रकरण : यौनजन्य दुर्व्यवहार आरोपमा पक्राउ परेका चार शिक्षक–कर्मचारी धरौटीमा रिहा

साउन २८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.