उदयपुर : उदयपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक बेलका नगरपालिका १ का ३० वर्षीय रविन श्रेष्ठ र मोटरसाइकलमा सवार त्रियुगा ३ का २४ वर्षीय विरा राई रहेका छन्।
चौदण्डीगढी नगरपालिकाको बेल्टारबाट गाइघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८५१४ नम्बरको गिट्टी बोकेको टिप्परले विपरीत तर्फबाट जाँदै गरेको प्रदेश १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई आज (मंगलबार) त्रियुगा नगरपालिका १ फुलजोरमा ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार टिपर चालक त्रियुगा ७ का ३१ वर्षीय भीमबहादुर राईलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।











Discussion about this post