मोरङ : मोरङमा निर्माणाधीन घरको छतबाट खसेर एक कामदारको मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बुधबार उर्लाबारी नगरपालिका २ का ४८ वर्षीय सनीकुमार श्रेष्ठको घरको दोस्रो तलाको छतबाट खसेर मृत्यु भएको हो ।
उर्लाबारी २ का जेनिस लिम्बूको निर्धाणाधीन घरको दोस्रो तलाबाट उनी खसेर गम्भीर घाइते भएका थिए ।
उपचारका लागि विराटनगर लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।













Discussion about this post