Monday, June 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीले ल्यायो ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट, एमालेद्धारा बहिष्कार (पूर्णपाठसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ११, २०८१
in समाचार
0
इटहरीले ल्यायो ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट, एमालेद्धारा बहिष्कार (पूर्णपाठसहित)
186
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट सार्वजनिक गरेको छ । सोमबार दिउँसो १ बजे नगरसभा बोलाइएको र पछि ५ बजेलाई सारिएपनि रातिमात्रै नगरसभा बैठक बस्दै बजेट प्रस्तुत गरिएको हो ।

उपमेयर संगीता चौधरीले बजेट प्रस्तुत गर्नुपर्ने भएपनि नेकपा एमालेले इटहरीको नगरसभा बहिष्कार गरेको थियो । १ बजे बोलाएर ७ बजेसम्म बैठक सुरु नभएको र बजेटको आकार तथा सिलिङमा सहमति नभएपछि एमालेले बैठक बहिष्कार गरेको जनाएको छ ।

त्यससँगै इटहरी ६ वडाध्यक्ष दिवस पोखरेलले सोमबार रातको करिब १० बजे बजेट प्रस्तुत गरे । १०९ नगरसभा सदस्यमध्ये नगरप्रमुख पौडेलसहित २० जना सदस्यहरूको मात्रै उपस्थितिमा आयव्यय पेस गरिएको छ ।

एमालेले बहिस्कार गरेपछि प्रवक्तासमेत रहेका पोखरेललाई नगरसभा अध्यक्ष तथा मेयर हेमकर्ण पौडेलले जिम्मेवारी दिएका थिए ।

बजेट प्रस्तुत गर्ने जिम्मेवारी पाएका पोख्रेलले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट प्रस्तुत गरेका छन् । पेस गरेको बजेटमा चालू तर्फ १ अर्ब ४१ करोड ३४ लाख ३७ हजार, पुँजीगततर्फ २ अर्ब १५ करोड ६० लाख रहेको छ ।

त्यस्तै, इटहरी उपमहानगरपालिकाले लिएको ऋणको ब्याजका लागि ९० लाख वित्तीय व्यवस्थातर्फ बजेट व्यवस्थापन गरेको छ । पोख्रेलले पेस गरेको बजेटमा पुँजीगत खर्चतर्फ वडागत सिलिङमा ३८ करोड बजेट र नगरस्तरका योजनामा ४५ करोड समेत समावेश गरिएको छ ।

प्रस्तुत बजेटमा इटहरी उपमहानगरले आव २०८१।०८२ को मुख्य ५ वटा प्राथमिकताहरू रहेका छन् । जसमध्ये भौतिक पूर्वाधार विकास ,स्वास्थ्य र शिक्षाको विकास, समाज परिचालन र समाजिक विकास, कृषि र उत्पादनमा जोड ,बाढी नियन्त्रण एवं विपद् जोखिम न्यूनीकरण रहेको छ ।

आगामी आर्थिक वर्षको लागि संघीय समानिकरण अनुदान २९ करोड ५६ लाख, संघीय ससर्त अनुदान चालुखर्च तर्फ ४९ करोड ४३ लाख १५ हजार, संघीय ससर्त अनुदान पुँजीगत खर्च तर्फ ८१ करोड ९३ लाख ११ हजार संघीय समपुरक अनुदान ४ करोड, संघीय विशेष अनुदान ५ करोड, प्रदेश समानिकरण अनुदान १ करोड ९४ लाख ४५ हजार, प्रदेश ससर्त अनुदान चालुखर्च तर्फ ३२ लाख ३८ हजार, प्रदेश ससर्त अनुदान पुजीगत खर्च तर्फ २ करोड ४४ लाख, प्रदेश समपुरक अनुदान १ करोड ७७ लाख, संघीय राजश्व बाँडफाँड १९ करोड ११ लाख, प्रदेश राजश्व वाँडफाँड (सवारी कर) २ करोड ३३ लाख ४१.हजार, प्रदेश राजश्व बाँडफाँड (मालपोत रजिष्ट्रेसन ) ५६ करोड, आन्तरिक श्रोतबाट ९६ करोड, र नगद मौज्दात परिवर्तनबाट ३ करोड र नगर विकास कोषबाट आन्तरिक ऋण ५ करोड गरि कुल जम्मा ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको अनुमानित बजेट पेस गरिएको हो ।

स्थानीय तहहरूले असार १० भित्र बजेट पालिका सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाबजेटबजेट भाषणबहिष्कार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

सुनसरीको रामधुनीमा रोकिराखेको टिपरमा तीनजना सवार मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २५, २०८३
0

इटहरी : सुनसरीको रामधुनी नगरपालिका–२ तित्रिवनस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति भएको सवारी दुर्घटनामा एक युवाको मृत्यु भएको छ। टायर पञ्चर भई...

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान
विविध

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

by रासस
जेष्ठ २४, २०८३
0

उदयपुर : जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी सुरु भएकाले असार साउनमा रोपाइँका लागि किसानले राखेको धानको ब्याड सुक्न...

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

जेष्ठ २४, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३
रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

जेष्ठ २४, २०८३
कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

जेष्ठ २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीको रामधुनीमा रोकिराखेको टिपरमा तीनजना सवार मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु

जेष्ठ २५, २०८३
समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

जेष्ठ २४, २०८३
टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

जेष्ठ २४, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    517 shares
    Share 207 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.