सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका १ स्थित पैया खोलाले बगाएर एकजना शिक्षकको मृत्यु भएको छ ।
मंगलबार दिउँसो खोला तर्ने क्रममा खुम्बु पासाङल्हामु ५ स्थित श्री हिमालय आधारभूत विद्यालय नाम्चे बजारमा कार्यरत शिक्षक माप्यदुधकोशी २ का ३६ वर्षीय राजु राईको खोलाले बगाएर मृत्यु भएको हो ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनको ढुङ्गामा चेपिएको अवस्थामा लाश फेला परेको थियो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post