संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका ११ किरिङका ३७ वर्षीय लंक तामाङ र २६ वर्षीय तुलसी जिमीलाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।
भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने सूचनाको आधारमा बिहीबार इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले तामाङ र जिमीलाई घर नजिकै जंगलभित्र घारीमा लोड गरी लुकाई छिपाई राखेको भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो ।
भरुवा बन्दुकसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post