इटहरी : इटहरीस्थित ग्रीन पिस नमुनाका विद्यार्थीहरूले वर्ष २०८० को एसईई परीक्षामा इटहरी क्षेत्रभित्रकै सबैभन्दा उच्च अंक प्राप्त गरेको दाबी गरेको छ ।
८१ जना सहभागी विद्यार्थीहरू मध्ये लोरिम लिम्बुले ४.० जिपिए ल्याएकी छन् भने अन्यले ए ग्रेड ल्याएको विद्यालयले जनाएको छ ।
४.० जिपिए ल्याउने लोरिम इटहरीभित्र सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।
किताबी ज्ञानसँगै व्यवहारिक शिक्षा र संस्कारसहितको शिक्षालाई प्राथमिकता दिँदै आएको ग्रीन पिस नमुना कलेज इटहरीभित्र र बाहिर चर्चामा रहेको छ ।
विभिन्न समयमा विद्यालयमाभित्र हुने अतिरिक्त क्रियाकलापसँगै विद्यार्थीहरूभित्र लुकेका प्रतिभा प्रस्फुटन गराउँदै आएको स्कुल अभिभावकहरूको रोजाईमा पर्ने गरेको छ ।














Discussion about this post