मोरङ : मोरङको बेलाबारी नगरपालिका ७ हल्दिबारीमा ५१ वर्षीया पन्तिदेवी चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै घरमा टिनको छानामा राखेको फलामको रड निकाल्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी उनलाई उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर ल्याएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषित गरेका थिए ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post