भेडेटार : धनकुटाको भेडेटारमा निर्माण भएको स्काई वाक सञ्चालनमा आएको छ । शुक्रबार (आज) कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले स्काई वाकको उदघाटन गरेका छन् ।
एकपटकमा दुईसय जना हिँड्न सकिने ५० मिटर लम्बाइ रहेको स्काई वाकको शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको हो ।
चार वर्ष पहिले सम्झौता भई निर्माण थालिएको स्काईवाकको उचाइ एक सय, चौडाइ चार मिटर र घुम्तीमा १० मिटरको रहेको छ ।
कोशी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र धरान उपमहानगरपालिकाको समन्वयमा उक्त स्काई वाक निर्माण गरिएको हो ।














Discussion about this post