Friday, April 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी उपमहानगरले ६ करोड ३६ लाख खर्चेर ल्यायो विद्युतीय नगर बस

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २२, २०८१
in समाचार
0
इटहरी उपमहानगरले ६ करोड ३६ लाख खर्चेर ल्यायो विद्युतीय नगर बस
160
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाले ६ करोड ३६ लाख खर्च गरेर चारवटा विद्युतीय नगर बस ल्याएको छ ।

नगर क्षेत्रभरी यातायातको सेवा पुर्‍याउन उपमहानगरपालिकाले विद्युतीय नगर बस खरिद गरी सोमबार ल्याएको हो ।

नगर बस सञ्चालनको लागि कार्यपालिका बैठकमार्फत इटहरीका प्रवक्ता तथा वडा नं. ६ का वडाध्यक्ष दिवस पोख्रेलको संयोजकत्वमा समिति बनाएर कार्य अगाडि बढाइएको थियो ।

पोखरेलका अनुसार इटहरी आइपुगेको नगर बस दसैँ अघिदेखि सञ्चालनमा ल्याइनेछ ।

नगर बसलाई इटहरी क्षेत्रभित्र सञ्चालन गर्नेगरी रुट निर्धारण गरिने र नगर बस सञ्चालनका लागि सडक नबनेका ठाउँमा बनाइने उनको भनाइ छ । अहिले नगर बस रुट निर्धारण र व्यवस्थापनको लागि कार्यविधि अन्तिम चरणमा पुगेको उनले बताए ।

रुट निर्धारण समितिका उप–संयोजकसमेत रहेका इटहरी वडा नं. ९ का वडाध्यक्ष जीतेन्द्र थापाले समितिको बैठक बसेर चाँडै बस चल्ने रुटको टुङ्गो लगाइने बताए ।

‘हामीले पहिलो चरणमा केही स्थानमा रुट हेरिसकेका छौ । अब फेरि विभिन्न चरणमा स्थलगत रूपमा रुट हेरेर इटहरीका धेरै ठाउँमा नगर बस पुग्ने गरी रुट निर्धारण गर्नेछौ’ उनले भने ।

न्यूनतम भाडा लिएर नगर सञ्चालन हुने उनको भनाइ छ । नगर बस रुट निर्धारण र व्यवस्थापनको लागि कार्यविधिको ‘ड्राफ्ट’ मात्र तयार भएको उनको भनाइ छ ।

‘चार वटा बसले इटहरीको चार वटै क्षेत्रलाई कभर गर्ने हिसाबले रुट तय गर्ने गरी काम भइरहेको छ,’ थापाले भने । विद्युतीय बस भएकाले सडकमा खाल्डाखुल्डी भएका ठाउँमा नचल्ने र पक्की सडकमा मात्रै चल्ने उनले बताए ।

नगर बस खरिदको लागि नेसनल फायर सेफ प्रालिसँग सम्झौता भएको मेसिनरी औजार व्यवस्थापन शाखा प्रमुख गणेश भट्टराईले जानकारी दिए । उनका अनुसार गत फागुन ८ गते ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा नगर बस ल्याउने सम्झौता भएको थियो ।

इटहरी आइपुगेको नगर बस अपाङ्गमैत्री रहेका भट्टराईले बताए । उनले बिद्युतीय बसमा इञ्जिन नहुने भएकाले बिग्रिदाँ कम खर्चिलो हुनेसमेत बताए । बस सञ्चालनको लागि चालक र सहचालक नियुक्त गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

‘अपाङ्गमैत्री बस भएका कारण ग्राउन्ड क्लियरेन्स अलिक सानो भएको हो । बाटो बिग्रिएका ठाउँमा बाटो बनाउने र अहिले रुट निर्धारणको काम भइरहेको छ,’ भट्टराईले भने, ‘इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायातको पहुँच नभएका नागरिकका लागि सहज पहुँच होस् भनेर नगर बस ल्याइएको हो ।’

जँगथङ कम्पनीको बस ठेक्का प्रक्रियामार्फत ल्याइएको भट्टराईले बताए ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकानगर बस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका चार जिल्लाबाट लागूऔषध ब्राउनसुगरसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको  छ । झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागूऔषध...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
FEATURE BREAKING

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न क्याम्पसहरूमा विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर तथा पर्चा–पम्प्लेट हटाउन प्रहरीले अभियान थालेको छ। शैक्षिक संस्थालाई...

पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३
संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

बैशाख १०, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

बैशाख १०, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

बैशाख १०, २०८३
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1372 shares
    Share 549 Tweet 343
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    522 shares
    Share 209 Tweet 131
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.