इटहरी : सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले केही सर्तहरूसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना गर्नुपर्ने बताए । टिकटकलगायतका सबै सामाजिक सञ्जालका लागि लागू हुने उनको भनाइ छ ।
टिकटकले नेपाली पर्यटनको प्रवद्र्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षाका लागि नेपाली नागरिकमा साक्षरता दर बढाउनुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग भाषामा संवेदनशीलता अपनाउनुपर्ने सर्त राखिएको उनको भनाइ छ ।
सामाजिक सद्भाव भड्काएको भन्दै २०८० कात्तिक २७ गते टिकटक बन्द गरिएको थियो।












Discussion about this post