मोरङ : मोरङमा नुहाउने क्रममा पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको रंगेली नगरपालिका १ दुर्गापुरका ५५ वर्षीय सत्यनारायण साहको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार नुहाउने क्रममा साह पोखरीमा डुबेका थिए ।
पोखरीमा डुबेका साहलाई खोजी गर्ने क्रममा मृत फेला पारिएको बस्नेतले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post