इटहरी : सुनसरीको गढी गाँउपालिका २ भमरी चोकस्थितमा टेम्पुको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय प्रमोद साह हलुवाईको ४ वर्षीय छोरा प्रमन साह हलुवाई रहेका छन् । सोमबार साँझ साढे ६ बजेतिर को २ ह १८३७ नम्बरको टेम्पुले बाटो क्रस गर्दै गरेको बालकलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका उनलाई उपचारको लागि विराट टिचिङ अस्पताल लागिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने टेम्पु र चालक दुहबी नगरपालिका १० का ४० वर्षीय रामकुमार हरिजनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post