विराटनगर : विराटनगर विद्यालय नाटक महोत्सवको नवौँ दिन आइतबार ‘ज्ञ’ मञ्चन भएको छ ।
हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले नाटक मञ्चन गरेको हो ।
विद्यार्थी प्रतिक्षा अधिकारीद्धारा लिखित तथा सोनाम तामाङद्धारा निर्देशित नाटकले नेपालको शिक्षा प्रणालीमा व्याप्त समस्याहरुलाई कलात्मक ढंगले उजार गरेको थियो ।
नाटकमा संयोग भट्टराई, साइन तिमिल्सिना, अनुज प्रधान, निश्मा गिरी, ईश्वर मेहता, आरध्या दाहाल लगायतले अभिनय गरेका छन् ।
आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ गतेदेखि सुरु भएको महोत्सवमा अन्तिम दिन सोमबार श्री एकता सेकेण्डरी स्कुलले ‘साबित्रीको बाख्रो’ मञ्चन गर्नेछ ।
महोत्सवमा विराटनगर, विराटचौक, बेलबारी, रङ्गेलीबाट ९ विद्यालयहरुले दैनिक एउटा नाटक मञ्चन गरे ।
महोत्सवमा सहभागी भएकामध्ये उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई अवार्ड पनि दिइनेछ ।














Discussion about this post