मोरङ : मोरङको रंगेली नगरपालिका १ पोखरी टोलस्थित भित्री सडकखण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
कर्सियाबाट सखरदिनातर्फ जाँदै गरेको प्र १-०४-००१ त १००४ नम्बरको ट्याकटरले सोही दिशातर्फ जाँदै गरेको को ६ प ६५४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धनपालथान १ का ४६ वर्षीय रामबहादुर माझीको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल अनियन्त्रित भई पैदलयात्री धनपालथान गाउँपालिका ६ का ४५ वर्षीय सिटुरु ऋषिदेवलाइसमेत ठक्कर दिएको थियो ।
मोटरसाइकल पछाडि सवार रामबहादुरकै श्रीमती ३६ वर्षीया मंगली चौधरी पनि घाइते भएकी थिइन् । जसमध्ये उपचारको क्रममा रामबहादुरको मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न ट्याक्टर र चालक धनपालथान ४ का २० वर्षीय रविन मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।













Discussion about this post