उदयपुर : उदपुरमा आफ्नै श्रीमतीको हत्या गरी टाउको बोकेर हिँड्दै गरेको एक भिडियो अहिले सामाजिक सञ्जालमा बाहिरिएको छ ।
श्रीमतीको हत्या गरी टाउको गिँडेर टुक्र्याएपछि हातमा बोकेर हिँड्दै गरेको उक्त भिडियोले आम मानिसको मन विक्षिप्त हुन्छ ।
उक्त घटना मंगलबार साँझ ६ः२० बजेतिरको हो । उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेकी २८ वर्षीया प्रमिला लामाको टाउको काटेर बोकेर हिँड्दै गरेको अवस्थामा श्रीमान ३६ वर्षीय जंगबहादुर घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार घरायशी विवादमा जंगबहादुरले श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाँटी गिँडेर हत्या गरेका हुन् ।
हत्यापछि टाउको लिएर बाटोमा हिँड्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जलजलेको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हरिहरनाथ योगीले जानकारी दिए ।
ताप्ली गाउँपालिका ४ थानागाउँ स्थायी घर भई उनीहरू त्रियुगा नगरपालिका ६ जलजलेस्थित वडा कार्यालय नजिकै शम्शेर तामाङको घरमा कोठा भाडामा चिया पसल गरी बस्दै आएका थिए।
तामाङलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।













Discussion about this post